धवलागिरी क्याम्पसमा स्ववियु निर्वाचन गर्नुपर्ने माग गर्दै नेविसंघ धर्नामा

  • चैत १, २०७९

बागलुङ - आगामी चैत्र ५ गते देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा यहाँको धवलागिरी बहुमुखी क्याम्पसमा भने तोकिएको मितिमा निर्वाचन नहुने निश्चित भएको छ । केही विद्यार्थी संगठनका विभिन्न मागका आन्दोलनका कारण मनोनयन दर्ता हुन नसकेको क्याम्पसमा चैत्र ५ गने निर्वाचन नहुने देखिएपछि नेपाल विद्यार्थी संघले धर्ना थालेको छ । बुधबार देखी नेविसंघका नेताहरु क्याम्पस प्रशासनको गेटमा धर्ना बसेका छन । उनिहरुले क्याम्पस प्रशासनले विभिन्न कारण देखाएर निर्वाचन भाड्न खोजेको भन्दै यथा शिघ्र निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन । 
यस अघि निर्वाचनको कार्यतालिका सार्वजनिक भए सँगै केही विद्यार्थी संगठनले विभिन्न माग राख्दै निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । मंगलबार बिहान सम्म पनि ताला नखोलिए पछि नेपाल विद्यार्थी संघले उक्त ताला फोरेर निर्वाचन अधिकृतको कार्यालय खुलाएको छ । ताला खोले सँगै स्ववियु निर्वाचन अधिकृत भक्तिराम न्यौपानेले क्याम्पसमा भईरहेका विभिन्न घटनाले निर्वाचन गराउने वातावरण नरहेको उल्लेख गर्दै निर्वाचन अधिकृत पदबाट राजीनामा दिएका थिए । न्यौपानेकोे राजिनामा सँगै निर्वाचन झनै अन्यौल बन्दै गएको छ । निर्वाचन कार्यतालिका प्रभावित भए पछि नेविसंघले स्ववियु निर्वाचनलाई प्रभावित गर्ने गरी भईरहेका घटनाक्रम र त्यही बाहानालाई लिएर निर्वाचन अधिकृतले दिएको राजनिामा प्रति आपत्ती जनाएको नेपाल विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पसका इकाइ सभापति दिनेश पन्त बताउँछन । उनले यो विषयमा क्याम्पस प्रशासनलाई ध्याकर्षण गराएर ज्ञापन पत्र समेत बुझाईएको र यथासिघ्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरिएको बताए । ‘विद्यार्थीबाट उठेका सामान्य प्राविधिक समस्यालाई बार्ता र संम्बादको माध्ययमबाट समाधान निकाली अगाडी बढ्नुपर्ने हो, सभापति पन्तले भने,– क्याम्पस प्रसासन र निर्वाचन समिति सर्वब्यापी नियमलाई नजर अन्दाज गर्दै निर्वाचन नै नबनाउने षडयन्त्र रच्दै छ । यस्ता षडयन्त्रले नेविसंघ मात्र हैन सवै विद्यार्थीको भावनालाई बन्धक बनाउने काम गरिएको छ । नेविसंघले यसको विरोध गर्दै आएको छ । उनले नेविसंघले यही चैत्र १२ गते देखी सुरु हुने परिक्षालाई कुनै प्रभावित नपार्ने गरी तुरुन्त निर्वाचनको प्रक्रिया अगाडी बढाउन माग गरेको बताए । यदी स्ववियु निर्वाचन विभिन्न बाहना बनाई भाग्न खोजेमा निर्वाचन बनाउन नसक्नुको लिखित कारण सहित क्याम्पस प्रमुख लगायत जिम्मेवार व्यक्तिहरुले तुरुन्त राजिनामा दिनुपर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको पन्तको भनाई छ । 
निर्वाचनको कार्यतलिका सार्वजनिक भए सँगै फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न माग गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अखिल क्रान्तिकारीका विप्लव र अखिल संयुक्त प्यानलले तालाबन्दी गरेका थिए । 
उनिहरुको माग सम्बोधन गर्ने गरी क्याम्पस प्रशासनले तयारी गरेता पनि उनिहरु बार्तामै आउन नमानेको क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय बताउँछन । ‘हामीले जसले निर्वाचन कार्यालयमा तालाबन्दी गरे उनिहरुका माग सम्बोधन गर्न गरी तयारी थालेका थियौं । बार्ता र छलफल गरेर अगाडी बढौं भन्यौं उहाँहरु बस्नै मान्नु हुँदैन । क्याम्पस प्रमुख उपाध्यायले भने,–‘ उहाँहरुले भनेझै परिचयपत्र पनि तयार पारेका छौं । भर्ना मितिको समय भन्दा बाहिर को भर्ना भयो त्यसको छानविन पनि गरौं भनेका छौं तर उहाँ हरु नै बार्तामा बस्न मान्नुहुँदैन । मंगलबार निर्वाचन अधिकृतको कार्यालयको ताला खोलिए सँगै पाँच विद्यार्थी संगठनको माग फेरिएको उपाध्याय बताउँछन । पाँच विद्यार्थी संगठन बाहिर राखेर क्याम्पस प्रशासन निर्वाचन गराउन नसकिने बताएको छ । 
उपाध्यायले चैत्र ५ गतेको निर्वाचनको मिति प्रभावित भए सँगै पहिलो चरणमा चैत्र ९ गते निर्वाचन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी थालेको बताए । ‘चैत्र १२ गते देखी परिक्षा संचालन हुँदै छ सकभर त्यो भन्दा अगाडी नै हामी निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गछौं उपाध्यायले भने,–‘ परिक्षाको विचमा कुन समय खाली हुन्छ त्यही समयमा नै निर्वाचनको मिति तय गछौं यो विषयमा त्रिवी सँग पनि छलफल गरेका छौं । नत्र बैशाखमै भए पनि निर्वाचन हुन्छ । सकभर सवै विद्यार्थी संगठनलाई छलफलमा ल्याई समाधानको बाटो खोजेर यथाशिघ्र निर्वाचन गर्ने पक्षमा रहेको उनले बताए ।  
 

प्रतिक्रिया