‘पत्रकारिता क्षेत्रमा प्रसस्त सम्भावना छ र चूनौतीहरु पनि उत्तिकै छन्’

  • पुस १६, २०८१

बागलुङ- पत्रकारिता क्षेत्रमा सम्भवाना र चूनौती दुबै रहेको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । सोमबार नेपाल प्रेस युनियन बागलुङले यहाँ आयोजना गरेको नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित पदाधिकारी सदस्य, गण्डकी प्रदेश सदस्य, केन्द्रीय र प्रदेश परिषद सदस्यलाई बधाई ज्ञापन तथा बागलुङको पत्रकारिता हिजो आज र भोली विषय विमर्श कार्यक्रममा सहभागीले बक्ताले पत्रकारितालाई थप जिम्मेवार जवाफदेही बनाउनुपर्ने बताए । 
‘पत्रकारिता क्षेत्रमा प्रसस्त सम्भावना छ र चूनौतीहरु पनि उत्तिकै छन्,‘कार्यक्रममा सहभागीले भने,‘हाम्रो पत्रकारितलाई थप जिम्मेवार बनाउनुपर्नेछ । पछिल्लो समय सामाजिक सञ्जालले फैल्याईरहेको अफवाह चिर्नका लागि पत्रकार पत्रकारिताले ठूलै मेहनत गर्नुपर्ने अवस्था आएको छ ।’ पत्रकारिता क्षेत्रमा हिजोको जस्तो विश्वसनीयता आजको दिनमा रहन आवश्यक रहेको बताउँदै उनीहरुको भनाई थियो । पत्रकारितालाई जीवन्तता दिन नागरिकका आम समस्या बाहिर ल्याउनुपर्ने उनीहरुले बताएका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले पत्रकारिता पेशालाई थप बलियो बनाउनका लागि आफुमा लगानी बढाउनुपने बताए ।
 ‘सामाजिक सञ्जालको विकाससंगै सत्य कुरा भन्दा पनि अफबाह बढि हुँदा समाज नकारात्मकतातर्फ गैरहेको छ,’सुवेदीले भने,‘त्यसलाई चिर्नका लागि पत्रकारिताले क्षेत्रले आफुलाई अझ अब्बल बनाउनुपर्ने देखिएको छ । त्यसका लागि पत्रकारले आफुमा लगानी बढाउनुपर्छ । त्यो भनेको समयक्रमसंगै आफुलाई अपग्रेड गर्नुपर्छ ।’ उनले बागलुङको पत्रकारिता देशको कुनै पनि क्षेत्रको भन्दा कमजोर नरहेको उनले बताए ।
 ‘यहाँको पत्रकारिताको नैतिक मूल्यको हिसाबले पनि अन्य ठाउँको तुलनामा बागलुङ अब्बल नै छ, राष्ट्रियस्तरको पत्रकारिता क्षेत्रमा बागलुङबाट गएका पत्रकार साथीहरुको नाम हे¥यो भने पनि उहाँहरुको उपस्थीति दरिलो छ,’उनले भने,‘हामीले यहाँको पत्रकारितालाई थप भरपर्दो र विश्वासिलो बनाउनका लागि हामीले प्रस्तुत गर्ने समाचार सामग्रीहरु सत्यतथ्य र नागरिकको अधिकारको पक्षमा हुनुपर्छ ।’ उनले पत्रकारिता क्षेत्रमा देखिने समस्या र विकृतिहरु पत्रकारहरुले नै हटाउन पहल गर्नुपर्ने बताए ।
 ‘पत्रकारिता क्षेत्रमा पनि समस्या छन्, ती समस्याहरुको समाधानका लागि पत्रकारहरु नै सबैभन्दा पहिले अग्रसर हुनुपर्छ,’उनले भने । अहिले ईन्फोर्मेसन भन्दा पनि मिस इन्र्फोर्मेसनले समस्या बढाएको उनले चिन्ता व्यक्त गरे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका जिल्ला कार्यसमिति सदस्य एवं नेपाल प्रेस युनियन बागलुङका पूर्व अध्यक्ष जगन्नाथ आचार्यलेले व्यवसायिक पत्रकारिताका लागि खोज मुलक समाचार लेखनीमा पत्रकार लाग्नुपर्ने बताए । 
‘पत्रकारिता समाजलाई पथपदर्शक गर्ने माध्यम पनि हो, समाजलाई सही बाटोमा डो¥याउनका लागि पत्रकारिता पेशाले आफुलाई अझ मर्यादित बनाउँदै जानुपर्छ,’उनी भन्छन्,‘समाजमा लुकेका र लुकाईएका समाचारहरुको खोजी गरेर पाठकसामु पु¥याउन सके पत्रकारिताले सबैको भरोसा जित्न सक्छ ।’ नागरिक समाजका संयोजक वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले सुनिएका सबै कुराहरु सही नहुने भन्दै पत्रकारले गहिरो अध्ययन गर्नुपर्ने बताए । 
नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष राम थापा अविरलले पत्रकारिता क्षेत्रको समस्याहरुलाई हटाउने पेशालाई विश्वसनीय बनाउनका लागि महासंघको नवनिर्वाचित टिम लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पत्रकार प्रकाश बरालले पत्रकारिता हिजो, आज र भोलीेको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हिजोको हस्तलिखित पत्रकारिता, आजको डिजिटल पत्रकारितामा आईपुगेको र एआईले गर्दा पत्रकारिता पनि संकट आउने अवस्था देखिएको उल्लेख गरे । 
अवधारणापत्र माथि टिप्पणी गर्दै अधिवक्ता राम शर्माले पत्रकारिता विश्वसनीय हुन आवश्यक रहेको बताए । उनले विभिन्न कारणबाट नागरिक समक्ष सत्यतथ्य सूचना प्रवाह हुन रोकिनु पत्रकारिता क्षेत्रका लागि दुर्भाग्यपूर्ण हुने बताए । उनले पत्रकारिताले ठूलो व्यक्तिको भन्दा आम नागरिकको आजा उठाउनुपर्ने उनको भनाई थियो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष एवं प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, नेपाल महिला संघ केन्द्रीय सदस्य भगवती केसी, डेमोक्रेटिक लयर्स एसोसिएसन बागलुङका अध्यक्ष सरिता केसी, नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुली जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेल, प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष सिर्जना पन्त, प्रगतिशिल पत्रकार संघ बागलुङका अध्यक्ष बिजय राना, लगायतले पत्रकारिताको हिजो, आज र भोलीको विषयमा बहस र चर्चा गरेका थिए ।
 कार्यक्रम प्रेस युनियनका अध्यक्ष संगम घर्तीमगरको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत, उपाध्यक्ष सुवास आचार्यको धन्यवाद मन्तव्य तथा सचिव डम्मर बुढामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया