बागलुङ — बागलुङका झोकेन्द्र थापालाई चारपाङ्ग्रे सवारी साधनको ड्राईभिङ लाईसेन्स आवश्यकता परेको थियो । उनि पोखरामा गएर लाईसेन्सको परिक्षा दिने उद्देश्यले गाडी चलाउन सिकेका थिए । तर बागलुङमै चारपांग्रे सवारी साधनको लाईसेन्सको ट्रायल खुलेपछि थापालाई झनै सहज भयो । उनि पोखरा जाने झण्झट हरायो । आफ्नै ठाउँमा परिक्षा दिए उनि पहिलै पटकमा पास पनि भए । ११ वर्षपछि बुधबार बाट चार पांग्रे सवारीसाधनको लाइसेन्स परीक्षा सुरु भए सँगै थापा लगायत यस धौलागिरी क्षेत्र सवै नागरिकलाई सहज भएको छ । सवारी लाइसेन्स परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसारको पूर्वाधार नहुँदा २०६९ सालदेखि रोकिएको परीक्षा बुधबारदेखि सुरु भएको हो ।
मापदण्ड पुगेको पूर्वाधार अभाव भएपछि यातायात व्यवस्था कार्यालयले भाडामा लिन बोलपत्र आब्हान गरेको थियो । पहिलोपटकको बोलपत्रमा पूर्वाधार पुगेका निजी क्षेत्र समेत नभेटिएपछि फेरी दोस्रोपटक आब्हान गर्दा यहाँको धौलागिरि ड्राइभिङ सेन्टर प्रालिको मापदण्ड पुगेको भेटिएको हो । उक्त संस्थासँग सम्झौता गरेर यातायात व्यवस्था कार्यालय बागलुङले परीक्षा थालेको कार्यालय प्रमुख पारसिंह थापाले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले परीक्षाको सुरुआत गरेका थिए । उनले धौलागिरी क्षेत्रमा हाल सम्म दुई पांग्रे सवारी साधनको मात्र परिक्षा हुादै आएको या थप्नुपर्ने आवश्यकत रहेको बताए । उनले यस क्षेत्रको आवश्यकता अनुसार थपिएको र यो अभियान अब नरोकिने गरी सुरु भएको समेत बताए ।
बुधबारको परीक्षामा १ सय १० जनाले बी समूहको ट्रायल परीक्षाका लागि फारम भरेका थिए । सो मध्ये ९८ जना उपस्थित भै परिक्षा दिएका छन । जसमा २६ जनाले परिक्षा उत्तिर्ण गरेको यातायात कार्यालय बागलुङका कम्प्युटर अधिकृत श्यामकुमार थापाले जानकारी दिए ।
कार्यालयले दुई पांगै्र सँगै चार पांग्रेको पनि नियमित रुपमा ट्रायल हुने बताउको छ । अब नियमित चारपांग्रेको पनि ट्रायल हुनेछ यो काम रोकिने छैन कार्यालय प्रमुख थापाले भने,–‘पोखरा वा अन्य ठाउँमा जानु पर्ने बाध्यता हट्छ ।’ चार पाग्रे भित्रका बी, सी, ई, एफ र जी समूहको परीक्षा बागलुङमै हुनेछ । यसअघि मोटरसाइटल र स्कुटरको प्रयोगात्मक परीक्षा मात्र यहाँ भइरहेको थियो । परीक्षा नियमित रुपमा चल्ने निश्चित भयो भने भीड पनि नहुने, सहजै काम पनि गर्न सकिने उनले बताए ।
बागलुङ नगरपालिका १ को गणेशस्थानमा रहेको ड्राइभिङ सेन्टरलाई स्थायी रुपमा परीक्षा सञ्चालन गर्ने गरी सीसी क्यामेरा, सुरक्षा व्यवस्था र कर्मचारीको समेत व्यवस्थापन गरिसकिएको कार्यालयका बताए ।