काँग्रेसबाट पटक पटक हारेका कोपीलामणी स्वतन्त्रबाट प्यानल सहित विजयी भए

  • जेठ ३, २०७९

बागलुङ-जिवन भर काँग्रेसकै झण्डा बोकेर हिँडे । २०४६ सालको आन्दोलन देखी २०६२÷०६२ सालको जनआन्दोलनमा पनि काँग्रेसकै झण्डा बोकेर मुलक परिर्वतनका लागि लडे । हरेक निर्वाचन आउँथ्यो नेपाली काँग्रेसले टिकट उनलाई नै दिन्थ्यो । तर अपसोच कहिलै जित्न सकेनन जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका कोपिलामणी शर्मा आफ्नो पार्टीबाट कहिलै पनि चुनाव जितेनन् । यस पाली गठबन्धन हुन्छ पार्टीले टिक दिन्छ र जितौला भन्ने शर्मा लाई मात्र हैन यहाँका काँग्रेसी कार्यकर्तालाई आशा थियो । गठबन्धनमा यो वडा जनमार्चाको भागमा प¥यो ।  
पहिलो स्थानीय निकायको निर्वाचनमा २०४९ सालमा नेपाली काँग्रेसबाट अमलाचौरको तत्कालिन गाविस अध्यक्षको उम्मेदवार बनेका उनी पराजित बन्न पुगेका थिए । २०५४ को स्थानीय निकाय निर्वाचनमा जित नजिक पुगेका उनलाई नेकपा एमालेले मतपत्र च्यातेर पुनः निर्वाचन गरी हराईएको थियो । स्थानीय तह निर्वाचन २०७४ मा भरतपुरमा मतपत्र च्यातिएपछि अमलाचौरको २०५४ को घटनाको खुब चर्चा भएको थियो । मुलुक नयाँ संरचनामा प्रवेश गरेपछि २०७४ मा काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका उनी नेकपा एमालेका गुरुदत्त पाठकसंग पराजित भएका थिए । 
गठबन्धनमा काँग्रेसको भागमा नपरेपछि स्वतन्त्र उम्मेदवार
यस पटक काँग्रेसले जित्ने आधार तयार भएको र भागवन्डा गर्दा अमलाचौर काँग्रेसको भागमा पार्नुपर्ने भन्दै अमलाचौरका काँग्रेस कार्यकर्ताले चर्को दबाब दिए पनि विगतमा एमालेले जितेका वडा भएकाले भागवन्डामा राष्ट्रिय जनमोर्चाको भागमा परेको थियो । जनमोर्चाको भागमा परेपछि काँग्रेस कार्यकर्ताका दबाबमा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । शर्माको प्यानल नै विजयी भएको छ । उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याए । गठबन्धनका उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका लोकनाथ शर्माल जम्मा १७८ मत ल्याएका छन् । मत परिणाम हेर्दा यहाँ गठबन्धनका अन्य दलहरुले गठबन्धनका उम्मेदवारलाई मत नहाली स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्मालाई मत हालेको अनुमान लगाउन सकिन्छ । उनी स्वतन्त्र उम्मेदवार बने पनि काँग्रेसका सबै जसो कायकर्ता मात्र नभई अन्य दलले समेत सघाएपछि उनी विजयी भएका हुन् । 
वडाको निर्णय नै स्वतन्त्र उठाउने थियो
 बागलुङमा पाँच दलीय गठबन्धन गर्दा भागबन्डामा अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेको थियो । अमलाचौर राष्ट्रिय जनमोर्चाका भागमा परेपछि त्यहाँ स्थानीय काँग्रेस कार्यकर्ताले वडा पार्टी सभापति समेत रहेका शर्मालाई अध्यक्षको रुपमा अगाडि सारेर स्वतन्त्र उम्मेदवारीको प्यानल नै दर्ता गरेका थिए । काँग्रेसको सिंगो वडा समितिले नै निर्णय गरेर आफु वडाध्यक्षको स्वतन्त्र उम्मेदवार बनेको भन्दै चर्को दबाबका बीच पनि शर्माले उम्मेदवारी फिर्ता गरेनन् । उनि सहित मुढा चिन्ह लिएर पाँच जना नै चुनावमा होमिए । अन्ततः सोमबार साँझ सकिएको मतगणनामा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका छन् । 
उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने पार्टीको चेतावनी डटेर सामाना गरेका उनी स्थानीय तहको जनप्रतिनिधिको रुपमा यस अघि पटक पटक पराजित भएका उम्मेदवार हुन् ।  अमलाचौरमा रहँदा विभिन्न सामाजिक संस्थाको नेतृत्व गरेका उनि २०४७ साल देखी नै अमलाचौर काँग्रेसको शाख जोखाउँदै आएका थिए ।  कहिल एमाले ले त कहिल मसालले उनलाई पिट्ने मार्ने धम्की दिए तर आफ्नो गाउँ ठाउँ कहिलै छाड्नन । शर्मा हाल पनि नेपाली काँग्रेसको वडा सभापति हुन । लामो समय देखी काँग्रेसको नेतृत्व समालेका शर्मालाई काँग्रेसका कार्यकर्ता खुलेरै जिताउन लागे । 
शर्माको प्यानलै विजयी
उनको प्यानलबाट महिला सदस्यमा माया नेपाली ११५३, दलित महिला सदस्यमा मिनाकुमारी विश्वकर्मा १३११ र खुला सदस्यहरुमा ढुण्डीराज लामिछाने १३४९ र महानन्द शर्मा १३४६ मत सहित विजयी भएका छन् । आफु स्वतन्त्र भएपछि सबै दलका कार्यकर्ताले सहयोग गरेका कारण आफु निर्वाचित भएको उनले बताए । ‘मलाई पार्टीले टिकट दिएन, वडाका सबै काँग्रेसजनको आग्रहमा स्वतन्त्र उम्मेदवार बने,’ उनले भने,‘सबैको साथ र सहयोगबाट जनताको सेवा गर्छु । मैले पदमा बसेर जनताको सेवा गर्न पाएको थिएन ।’ पटक पटक निर्वाचन हारे पनि अहिले स्वतन्त्र भएपछि उनी विजयी बनेका छन् । 
 ‘मैले धेरै पटक हारेंं, कहिले मतपत्र च्यातेर हराईयो,’ शर्माले भने,‘जनताको आवश्यकतालाई मध्येनजर गरेर आवश्यकताको आधारमा योजना निर्माण गरी काम गर्छु ।’ उनले वडामा सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त बताए । ‘धेरै बजेट ल्याउनका लागि पार्टी र पहुँच त चाहिएला, तर वडामा जति आउँछ त्यसैलाई पनि राम्रोसंग उपयोग गर्न सकियो भने धेरै काम गर्न सकिन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने । शर्माले स्वतन्त्र उम्मेदवारी फिर्ता नगरे स्वतः सदस्यता खारेज हुने चेतावनी दिए पनि नेपाली काँग्रेसका जिल्ला तहका नेताहरु शर्माको विजयी ¥यालीमा सहभागी देखिएका छन् । अमलाचौरका काँग्रेसका नेता कार्यकर्ताले योगदान र त्यागको जित भएको भन्दै सामाजिक सञ्जाल मार्फत बधाई दिईरहेका छन् ।
गठबन्धन बनाएरै चुनावमा होमिएपनि काँग्रेसले नमान्ने भनेपछि गठबन्धनमा सहभागि कुनै पनि दल आधिकारिक उम्मेदवारका पक्षमा गठबन्धनको तर्फबाट कुनैपनि चुनावी कार्यक्रम समेत गरेनन् । वडा तहबाट नगरप्रमुख र उपप्रमुखका लागि गठबन्धनका उम्मेदवारलाई शर्मालाई जति मत आएको छ । काँग्रेस माओबादी राजमोले प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाई सघाए पनि वडा तहमा छुट्टछुट्टै चुनावमा होमिए । 
गठबन्धनको निर्णय प्रभावकारी रुपमा कार्यन्वयन गराउने भन्दै सोही वडामा माओवादी केन्द्रका नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेल, नेता दिनानाथ शर्मा, जिल्ला ईन्चार्ज बलावति शर्माले सोही वडाबाट मतदान गरेका थिए । तर गठबन्धनकै उम्मेदवारलाई मतदान नगरेर शर्मालाई मतदान गरेको भन्ने समेत बाहिर खुलासा भएको छ ।  गठबन्धन नै भए पनि त्याग र निष्ठाको राजनितिले कहिलै हार्ने रैनछ भन्न यसबाट प्रमाणीत भएको छ । 
 

प्रतिक्रिया