एमाले पोलिटब्युरो सदस्य मना केसीका श्रीमानलाई हराउँदै नेकपा एसका सुरज बोसेल बने वडा अध्यक्ष

  • जेठ १, २०७९

बागलुङ- नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघिय सांसद मन कुमारी केसीका श्रीमान् रामबहादुर जिसीलाई हराउँदै नेकपा एकीकृत समाजवादीका उमेदवार सुरज बोसेल वडा अध्यक्षमा निर्वाचित भएका छन । बागलुङ नगरपालिका–२ को वडा अध्यक्षमा केसीलाई ३० मतकाे अन्तरले पराजली गर्दै बस्याल बिजयी भएका हुन । १ हजार १७५ मत खसेकोमा एकीकृत समाजवादीका सुरज बोसेलले ४ सय २८ मत ल्याउदा जिसीले ३ सय ९८ मत पाएका थिए । गठबन्धनका साझा उम्मेदवार रहेका बोसेल सँगै उनको प्यानलै विजयी भएको छ । गठवन्धनबाट एकीकृत समाजवादीबाट वडा अध्यक्ष माओवादी केन्द्रबाट खुल्ला महिला वडा सदस्य र बाकी ३ जना सदस्य नेपाली काँग्रेसबाट उम्मेदवार बनेकोमा सवै विजयी भएका छन् । वडा सदस्य खुल्लामा अर्जुन घिमिरे र विदेश कुमार श्रेष्ठ विजयी भएका छन भने खुल्ला महिला सदस्यमा जशोदा शर्मा दलित महिला सदस्यमा शान्ती बोसेल विजयी भएका छन ।   वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार रामराज गुरुङले १ सय ८१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया