बागलुङ- राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका राष्ट्रिय संयोजक दुर्गा प्रसाई लाई बागलुङमा हातपात भएको छ । बागलुङको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा मंच चढ्न लाग्दा बागलुङ नगरपालिका ७ का रामकान्त गौतमले प्रसाइ माथी चप्पल प्रहार गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । तत्कालै प्रसाइ समर्थकले पनि गौतमलाई कुटपिट गरेका थिए ।
प्रसाइले उक्त घटनापछि एमाले अध्यक्ष्ँ केपी शर्मा ओलीलाई यो घटनाले अप्ठ्यारो पर्ने चेतावनी दिए । उनले ओली र प्रधानमन्त्री प्रचण्डको आलोचना समेत गरे । कार्यक्रममा प्रसाईले देश बलियो बनाउन नेपाली बलियो हुनुपर्ने बताएका छन् । बिहिवार बागलुङ बजारमा आयोजित उक्त सभामा बोल्दै हरेक नागरिक आर्थिक रुपमा बलियो नभए देश बर्बाद हुने बताए ।
प्रसाईले बागलुङमा डेढ अर्ब रकम हिनामिना गर्ने इमेज सहकारीका संस्थापक देवकुमार नेपालीलाई एमालेले संरक्षण गरेर दिल्लीमा राखेको आरोप लगाए । ‘जनता ठग्नेलाई एमालेले संरक्षण गरेर राखेको छ’ उनले भने, ‘पुराना दलहरु ठग संरक्षक हुन् ।’ ठगको संरक्षण गर्ने दलकै पछि लागेर देश नबने उनको भनाइ छ । ‘अब यस्ताको पछि लाग्ने दिन गए ।’ उनले गरिब निमुखाको पक्षमा आफु सँधै रहेको बताए । यो देश भरी ४० देखी ४५ लाख घर छन ८ लाख घर खाली भै सकेका छन । यसरी बन्द हुँदै जाने हो भने हाम्रो देश सकिन्छ उनले भने । प्रसाईले सरकार भ्रष्टचार गरेर आफ्ना कार्यकर्ता पाल्ने मात्र काम भएको बताए । उनले केपी वली र प्रचण्डको हैसियत आफुले राम्रो सँग बुझेको बताए ।