बागलुङ - जातिय विभेदको अन्त्यका लागि सवै जाति समुदायको सोच एउटै हुन जरुरी रहेको बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीले जनाएका छन । १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन । कार्यक्रममा सहभागी जिल्लाका सरोकारवाला र दलित अधिकारकर्मीहरुले कानुन परिवर्तन भए पनि सोच भने परिवर्तन नभएका कारण कतिपय स्थानमा छुवाछुत र विभेद व्यहोर्नुपरेको बताएका छन । उनिहरुले राज्यले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन कानुन बनाएर घोषणा गरेको भए पनि कानुन फितलो भएको र व्यक्तिको सोचाईमा सकरात्मक परिवर्तन नआउदा दलितले जातीय विभेद र छुवाछुतको घटना व्येहोर्न बाध्य भएको बक्ताहरुले बताए । राज्यले थप बलियो कानुन बनाएर समुदायको नागरिकको चेतनास्तर बृद्धि गर्नु पर्ने बक्तहरुको जोड छ ।
बागलुङ नगरपालिकाको आयोजनामा बागलुङमा सक्रिय राजनितिक दलको संयुक्त दलित संघर्ष समितिको सहकार्यमा छुवाछुत मुक्त राष्ट्र घोषणा र कार्यान्वयन विषयमा अन्तरक्रिया कार्यक्रम सहभागील अधिकाशंकले देशमा कानुन परिवर्तन भएता पनि समाज परिवर्तन नहुँदा छुवाछुतको अन्त्य हुन नसकेकोमा गुनासो पोखेका थिए ।
कार्यक्रममा उद्घाटन गर्दै बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नेपालमा गरिवी, अशिक्षा,धर्म तथा अन्धविश्वासको कारणले पनि नेपालबाट जातीय विभेद तथा छुवाछुतको अन्त्य नभएको बताएका छन् ।
नगर प्रमुख श्रेष्ठले सामाजिक सद्भाव सँग जोडिएको कारण पनि समस्या भएको बताए । उनले राष्ट्रिय दलित आयोगमा सबै समुदायको प्रतिनिधित्व हुनुपर्ने समेत उनले धारण राखेका छन् ।
कार्यक्रममा जिल्ला अदालत बागलुङका न्यायधिस रमेशकान्त अधिकारीले दलित र पिछडिएको समुदायको अदाल सम्म पहुँच नपुगेको बताएका छन् । २० प्रतिशत मात्र घटना अदालत सम्म आईपुग्ने गरेको उनले बताए । राज्यले त्यस तर्फ ध्यान दिन नसकेको समेत बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली काँग्रेसमा महासमिती सदस्य एवं दलित अधिकारकर्मी सिताराम रसाईली नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर के सी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे, राजमो जिल्ला सचिवालय सदस्य थानेश्वर सुवेदी, नेकपा बागलुङका आजाद केसी ,बागलुङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष सुरज बोसेल, महिला नेत्री सकुन्तला शर्मा, ओम शान्तिकी सावित्री बराल लगायतले मानव जाति सवै समान हो भन्ने व्यवहारले हेर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला न्याधिबक्ता पुर्ण प्रसाद रिजालले दलितको बारेमा तयार परिएको कार्यत्रपत्र प्रस्तुत गरेका थिए । भने दलित अधिकार कर्मी धन बहादुर परियारले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम संयुक्त राजनितिक दलित संघर्ष समिति बागलुङकी अध्यक्ष टिका कुमारी विश्वकर्माको अध्यक्षता बागलुङ नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धन प्रसाद पोखरेलको स्वागत र बागलुङ नगरपालिका महिला बालवालिका शाखा प्रमुख रचना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।