सवै तहमा समावेशी गराउन महिला संघ बागलुङको आग्रह 

  • फाल्गुण २१, २०७८

बागलुङ- नेपाल महिला संघ बागलुङले पार्टीका सवै तहमा मनोनित गर्न बाँकी रहेका पदमा समावेशी गराउन आग्रह गरेको छ । महिला संघ जिल्ला कार्यसमिति बागलुङको शनिबार बसेको बैठकले मनोनित गर्न बाँकी रहेका पदहरुमा समावेशी ढंगले महिलाहरुको उल्लेखनिय सहभागिता गराउन पार्टी नेतृत्वलाई आग्रह गरेको हो । 
१४ औं महाधिवेशन अन्तगर गाउँनगर प्रदेश सभा क्षेत्र, जिल्ला हुँदै प्रदेश र केन्द्रीय स्तरमा अझै पनि महिलाहरुको सहभागिता न्युन रहेका कारण समावेशी बनाउनकै निम्ती सोही अनुसार मनोनित गर्नका लागि सवै तहमा आग्रह गर्ने  निर्णय गरिएको नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माले बताए । 
बैठकले काँग्रेस बागलुङले संचालन गरेको जनता सँग नेपाली काँग्रेस अभियानलाई गाउँ नगर र वडा तहमा महिलाहरुको उल्लेखनिय सहभागिता गराएर कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय गरेको शर्माले बताईन । 
जिल्ला समितिले १४औं महाधिवेशनमा निर्वाचित सवै तहका पदाधिकारी र सदस्य एवं महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ भने आगामी चैत्र ४ गते जिल्ला स्तरीय भेलाको आयोजना गरी सम्मान गर्ने योजना बनाएको शर्माले जानकारी दिईन । 
 

प्रतिक्रिया