• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • पर्यटन

पर्वतमा सिसैसिाको पुल(स्काईब्रिज) सञ्चालनमा

  • फाल्गुण २३, २०७८

पर्वत - पर्वतमा सिसैसिाको पुल(स्काईब्रिज) सञ्चालनमा आएको छ । कुस्माबजार नजिकै कालीगण्डकी नदीको खोँचमा बनेको स्काईब्रिज सोमबार देखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन । 
हार्नेस जिपलाईन प्रालि कुस्माले टिकटक पारखीहरुका लागि लक्षित गरेर मुलुकमै पहिलो पटक स्काईब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिनुभयो । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुबै लिन सक्ने गरि पुल बनेको छ ।
एकैपटकमा १ सय जना सम्मले स्काईब्रिजको मज्जा लिन सक्ने बस्नेतले जानकारी दिनुभयो । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालको लागि पहिलो पुल बनाएका हौ’ बस्नेतले भने ‘अहिले युवाहरुको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने बिश्वास लिएका छौ।’ 
स्काईब्रिजमा यसमा नाच्न, गाउँन सक्नेछन । अहिले निर्माण भएको छोटो स्काईब्रिजको सफलता र प्राबिधीक पक्ष हेरेर भविश्यमा बिश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काईब्रिज बिश्वकै दोस्रो लामो सुपरम्यान जीप लाईन र बिश्वकै दोस्रो अग्लो बञ्जी तथा बिश्वकै अग्लो स्विङ संगै छ ।
हार्नेस प्रालिले कुस्माबजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतबार देखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मज्जा लिएको बस्नेतले जानकारी दिए । 
कम्पनीले यस अघि बिश्वकै दोस्रो लामो सुपरम्यान जीपलाईन पनि सञ्चालनमा ल्याएको छ । अहिले जीपलाईनमा बालबच्चा देखि ८० बर्षे बृद्ध सम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँहरुबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक सुनिलसिंह बानियाँले बताए ।

‘बन्जी, स्वीङ लगायतका साहसिक खेलभन्दा जिपलाइनमा केही कम डर लाग्ने अनुभव जिपलाइनमा बगेकाहरुले सुनाएका छन्। जिपलाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ’ , उनले भने । जिपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको सुरुवाती गति प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ। १४ सय ८० मिटरको दूरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिपलाइनको ल्यान्डिङ हुन्छ ।

 

प्रतिक्रिया