भकुण्डेमा काँग्रेसको अन्तरक्रिया

  • माघ २६, २०७८

बागलुङ- नेपाली काँग्रेस बागलुङले जिल्लाको बागलुङ नगरपालिका–१० भकुण्डेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यसमितिको आयोजनामा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनले सरकारले आउँदो बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुने मिति तय भएका कारण निर्वाचन लक्षित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्नका लागि टोल टोलमा काँग्रेसको संगठनलाई बलियो बनाउनुपर्ने बताए । 
    कार्यक्रममा काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर र शर्मा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ का सभापती चण्डीप्रसाद शर्माले अब गाउँको विकास भनेकै काँग्रेसको नेतृत्वमा हुने हुँदा आउँदा निर्वाचनमा काँग्रेसलाई जिताउन आवश्यक रहेको बताए । 
    कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (क) का सभापति हरिबहादुर जिसी सन्तोष, काँग्रेसका पुर्व महाधिवेशन प्रतिनिधि जगन्नाथ आचार्य, नेपाली काँग्रेस बानपा ९ तित्याङका सभापति राजु थापा, भकुण्डेका पुर्व सभापति दयाराम रिजाल, तरुणदल भकुण्डेका अध्यक्ष तुलबहादुर थापा, उपसभापति भिमबहादुर शाही, क्षेत्रीय प्रतिनिधि, रेशम थापा सिता परियार, हर्कबहादुर थापा लगायतले बोलेका थिए । 
कार्यक्रम भकुण्डेका सभापति कृष्ण थापाको अध्यक्षता सचिव आकाश शर्माको स्वागत र नेत्र शर्माको संचालनमा सम्पन्न भएको थियो । 

 

प्रतिक्रिया