बागलुङ– नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार वडा तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १० वटा स्थानिय तहका ८५ वटै वडा एकै दिन एकै समयमा वडा अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको थियो । सोही अनुसार शनिबार जिल्लाका ८५ वडा मध्य ७१ वडामा अधिवेशन सम्पन्न भएको छ भने बाँकी १४ वडामा केही प्राविधिक कारणले सम्पन्न हुन सकेन ।
सवै वडामा एकै पटक वडा अधिवेशनको मिति तय भए पनि बागलुङ नगरपालिका–११ रायडाँडा, तमानखोला गाउँपालिकाका पाँच वटै वडा, निसीखोला गाउँपालिका वडा नं. १ र ६, जैमिनी नगरपालिकाको वडा नंं ४ र ६, बरेङ गाउँपालिकाका वडा नं. २, ३, ४, ५ बाहेक अन्य सवै गाउँ नगरपालिकाका वडाहरुमा अधिवेशन सम्पन्न भएको नेकपा एमाले बागलुङका सचिव विष्णु भुसालले जानकारी दिए ।
वडा अधिवेशनलाई पार्टीका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिएको थियो ।
बागलुङ नगरपालिकाको रायडाँडा बाहेक सवैमा नयाँ नेतृत्व
नेकपा एमाले बागलुङ नगरपालिकाको वडा नं. ११ रायडाँडा बाहेक सवै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । रायडाँडामा केही दिन पछाडी गर्न तयारी गरिएको र अन्य वडामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको बागलुङ नगरपालिकाका संयोजक तथा जिल्ला कमिटिका सचिवालय सदस्य धनबहादुर परियाले जानकारी दिए ।
अधिवेशनले बागलुङ नगरपालिका– १ मा सुर्य लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार साँझ सम्म बानपा वडा नं.–२ मा तोयानाथ गौतम, वडा नं.–३ मा कमल खड्का वडा नं. ४ गणेश शर्मा. वडा नं.–५ मालिकामा गोविन्द सापकोटा, वडा नं.–७मा मेघनाथ गैरे वडा नं.–८ सिगानामा सुरेश मल्ल, वडा नं.–९ तित्याङमा रुद्र खड्का, वडा नं.–१० भकुण्डेमा विजय थापा प्रेम, वडा नं. १२ अमलाचौरमा ज्ञानेन्द्र ढकाल, वडा नं. १३ पैयुँपाटामा टेकबहादुर रोका र वडा नं. १४ नारायणस्थानमा महेन्द्र शर्मा पौडेलको अध्यक्षतमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको परियारले बताए ।
जैमिनीको १० वडा मध्ये ८ वडामा नयाँ नेतृत्व
एमाले जैमिनी नगरपालिकाको वडा नं. ४ र ६ बाहेक अन्य वडामा अधिवेशन सम्पन्न गरेको छ । वडा नं. ४ को सर्कुवा र वडा नं. ६ अर्जेवामा प्राविधिक समस्याका कारण शनिबार सम्पन्न हुन सकेन । अन्य वडामा भने नयाँ नेतृत्व चयन गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य शिव शर्माले जानकारी दिए । जैमिनीको वडा नं. १ कुश्मिसेरामा चन्द्रबहादुर थापा, वडा नं. –३ दमेकमा मोहोन छन्त्याल, वडा नं. ५ विनामारेमा कृष्ण बहादुर हमाल, वडा नं. ७ जैदीमा हिरामणी चालिसे वडा नं. ८ छिस्तीमा कुलबहादुर पुन, वडा नं. ९ पैयुँथन्थापमा गिरीप्रसाद शर्मा र वडा नं. १० राङखानीमा छविलाल श्रीषको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको शर्माले जानकारी दिए । वडा नं. २ को दमेकमा शनिबार साँझ सम्म सर्वसम्मतका लागि प्रयास गरिएको छ भने वडा नं. ४ को सर्कुवामा आईतबार अधिवेशन गर्ने तयारी भएको शर्माले बताए ।
बडिगाड, ढोरपाटन र गलकोटका सवै वडामा नयाँ नेतृत्व
एमालेले बडिगाड गाउँपालिका सवै वडामा नयाँ नेतृत्व चयन गरेको छ । वडा नं. १ दगातुंनडाँडामा रेमबहादुर भुजेल, वडा नं.–२ खरबाङमा खगिश्वर अर्याल, वडा नं.–३ को सिसाखानीमा गोपिराम काउचा, वडा नं.–४ जलजलामा अनराम छन्त्याल, वडा नं.–५ ग्वालीचौरमा धुब्र घिमिरे, वडा नं.–६ भिमगिठेमा फौजबहादुर केसी, वडा नं.–७ भिमगिठेमा गंगा गुरुङ, वडा नं.–८ रणसिंहकिटेनीमा भिमबहादुर बलाल, वडा नं.– ९ दर्लिङमा पानबहादु केसी, वडा नं.–१० दर्लिङमा गुञ्जबहादुर बुढाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको जिल्ला सचिव भुषालले जानकारी दिए ।
ढोरपाटन नगरपालिका वडा नं.– १ मा सुरज विक, वडा नं.–२ मा फारम कुँवर, वडा नं.–३ मा लिलाजंग छन्त्याल, वडा नं.–४ मा उमेश विक, वडा नं.–५मा शिवराम कंडेल, वडा नं.–६मा ज्ञानेन सिर्पाली, वडा नं.–७मा अमरबहादुर बुढा, वडा नं.–८ मा चुना बहादुर घर्तिको नेतृत्वमा सर्व सम्मत नयाँ कार्यसमिति चयन भएको छ । वडा नं. ९ को बोबाङमा भने शनिबार साँझ सम्म नयाँ नेतृत्व चयन नभएको नेकपा एमाले बागलुङले जनाएको छ ।
गलकोट नगरपालिकामा पनि सवै वडामा अधिवेशन सम्पन्न भएको सचिव भुषालले जानकारी दिए । अधिवेशनले वडा नं. १ दुदिलाभाटीमा भिम भण्डारी, वडा नं. २ नरेठाँटीमा टंक कार्की, वडा नं. ३ हतियामा सन्त पन्त, वडा नं. ४ मा धनबहादुर खड्का, वडा नं. ५ मा दलबहादुर काउचा, वडा नं. ६ मिनबहादुर निउरे, मिलन वडा नं. ७, होमबहादुर बस्नेत, वडा नं. ८ मा नरहरी घिमिरे, वडा नं. ९ चन्द्रमणी गौतम, वडा नं. १० मा रामप्रसाद पुन वडा नं. ११ रिघामा दिपेश विकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । त्यसैगरी ताराखोला गाउँपालिकामा पनि सवै वडामा नयाँ नेतृत्व चयन गरिएको छ । वडा नं. १ मा लालमणी श्रीष, २ मा कृष्ण प्रसाद गौतम, ३ मा भिमबहादुर घिमिरे, ४ मा नरबहादुर खत्री, ५ मा प्रेम बहादुर रोका अध्यक्षमा सर्वसम्मत चयन भएको जिल्ला सचिव भुषालले जानकारी दिए ।
निसीखोलाका ७ मध्ये ५ वटा वडामा मात्र सम्पन्न
नेकपा एमाले निसीखोला गाउँपालिकाका ७ वटा वडा मध्ये ५ वडामा अधिवेशन सम्पन्न भएको छ । वडा नं. १ र ६ बाहेक अन्य वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा नं. २ मा भिमबहादुर कुँवर, वडा नं. ३ मा दिपक चन्द, ४, मनोहरी पौडेल, ५, रोविन मगर, र ७ खुमन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जिल्लाको पश्चिम तमानखोला गाउँपालिकामा भने शनिबार अधिवेशन हुन सकेन । तमानखोला गाउँपालिकाका पाँच वटै वडामा अर्को दिन अधिवेशन संचालन हुने भएको छ । त्यसैगरी बरेङ गाउँपालिकामा पनि वडा नं. १ मा बाहेक अन्य वडामा अधिवेशन शनिबार नभएको जिल्ला सचिव भुषालले जानकारी दिए । भुषालका अनुसार बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा मात्र अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होमबहादुर छन्त्यालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मन चयन गरेको छ ।
काठेखोलामा सवै वडामा अधिवेशन भयो
काठेखोला गाउँपालिका आठ वटा वडा मध्ये ६ वटा वडामा शनिबार साँझ सम्म नयाँ नेतृत्व चयन गरिएको काठेखोला गाउँपालिकाका संयोजक डिलबहादुर कार्कीले जानकारी दिए । अधिवेशनबाट वडा नं. १ को पालामा भिमबहादुर खड्का, वडा नं. ३ धम्जामा खिम छन्त्याल, वडा नं. ४ को तंग्राममा सुरेश घर्ति, वडा न. ६ विहुँमा थानेश्वर कंडेल, वडा न. ७ रेशमा भुमिराज गौतम र वडा नं. ८ लेखानीमा डम्मरसिंह घर्ति सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन । त्यसैगरी वडा नं. २ भिमापोखरा र वडा नं. ५ को विहुँमा पनि सर्वसम्मतका लागि प्रयास गरिएको संयोजक कार्कीले बताए । जिल्लामा स्थानिय पुर्नसंरचना परिवर्तन पश्चात वडा तहमा यो पहिलो अधिवेशन हो ।
एमालेले हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीको यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग एमालेले जनाएको छ ।