भ्रामक सूचनामा विश्वास नगर्न मतदातालाई भीम श्रीसको आग्रह

  • फाल्गुण १७, २०८२

बागलुङ-  आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं। १ का उम्मेदवार भीमबहादुर श्रीस रानाले केही दिन आफुलाई जोडेर आएका समाचार प्रति मतदातालाई भ्रममा नपर्न आग्रह गरेका छन । श्रीसले आईतबार एक विज्ञप्ती जारी गर्दै केही दिन देखी श्रृङ्खलाबद्ध रुपमा टिभी अन्नपूर्ण डटकम नामक अनलाइन पोर्टल र यसको फेसबुक पेज मार्फत आफुलाई जोडेर गराईएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । “मेरो व्यक्तिगत चरित्र हत्या गर्नेगरी श्रृङ्खलाबद्ध रुपमा प्रकाशित गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । विभिन्न विषयमा कपोल्कल्पित भ्रामक समाचार भिडियोहरु बनाइ निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने तथा नेपाली काँग्रेसका नेता, कार्यकर्ता र मेरो चरित्र हत्या गर्ने कार्यप्रति गम्भीर आपत्ती छ श्रीसले विज्ञप्तीमा उल्लेख गरेका छन ।” उनले विभिन्न विषयमा कपोल्कल्पित भ्रामक समाचार भिडियोहरु बनाइ निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने तथा नेपाली काँग्रेसका नेता, कार्यकर्ता र मेरो चरित्र हत्या गर्ने कार्यप्रति गम्भीर आपत्ती जनाएका छन । “म नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन २०८२ मा उम्मेदवार भएपछि मेरो व्यक्तिगत चरित्र हत्या गर्नेगरी मसंग कुनै साइनो नभएको र मेरो कुनै संलग्नता नभएको विषयमा अनर्गल प्रचार गर्नेगरी समाचारहरुमा मेरो नाम जोड्ने काम भएकाले छ श्रीसले भनेका छन यसले मलाई र मेरो राजनीतिक प्रतिष्ठालाई ठूलो आँच पु¥याएको मैले महसुस गरेको छु । सत्य तथ्य र निस्पक्ष हुनुपर्ने पत्रकारिता र समाचारमा हुँदै नभएको कथा बुनी मसंग ल्याएर जोडिएको छ । त्यसमा कुनै सत्यता नभएको जानकारी गराउँदै सम्पूर्ण मतदाता, शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताहरुलाई त्यसको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।” उनले समाचार प्रकाशन गर्ने टिभी अन्नपूर्णलाई मेरो नाम जोडिएको भ्रमपूर्ण कपोल्कल्पित समाचार नलेख्न र लेखिएको समाचारको तथ्य पुष्टी गर्न समेत विज्ञप्ती मार्फत आग्रह गरेका छन । 
श्रीसले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरितको यसखाले समाचारबाट मेरो व्यक्तिगत सामाजिक र राजनीतिक जीवनमा ठूलो असर परेकाले यसबारे कानुनी उपचारमा जाने समेत विज्ञप्तीमा उल्लेख गराएका छन ।  निर्वाचनको पूर्वसन्ध्यामा भैरहेको अनर्गल र व्यक्तिको चरित्र हत्या गर्ने यस खालको समाचारको नियमन तथा कारबाहीका लागि बागलुङ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय,  प्रेस काउन्सिल नेपाल जिल्ला प्रशासन कार्यालय र सम्बन्धित सरोकार निकाय समक्ष श्रीसले अनुरोध समेत गरेका छन । 
उनले आगामी दिनमा यस खालको अनर्गल र भ्रामक समाचार लेख्ने र प्रकाशन गर्ने कार्य नरोकिए त्यसबाट उत्पन्न हुने परिस्थीतिको सम्बन्धित पक्ष नै जिम्मेवार हुनुपर्ने समेत विज्ञप्तीमा उल्लेख गरेका छन । केही दिन पहिले देखी श्रीस नजोडिएको कुरामा निर्वाचनको फण्डा बनाउनका निम्ती भ्रामक समाचार प्रकाशन गरिएको प्रति पार्टीका नेता तथा कार्यकर्ताको पनि गुनासो रहेको थियो । श्रीसले आईतबार आफ्नो चुनावी अभियान बानपा ११ रायडाँडा र बानपा १० भकुण्डे र बानपा ९ तित्याङमा सम्पन्न गरेका छन । 

May be an image of text

 

प्रतिक्रिया