कालिका कप भलीबल सुरु

  • चैत ३०, २०८०

 

बागलुङ -     हरेक वर्ष चैत्राष्टमी मेलाको अवसरमा आयोजना हुने कालिका कप भलिबल प्रतियोगिता शुक्रबार देखी सुरु भएको छ । गण्डकी प्रदेशकै महत्वपुर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर परिषरमा परम्परागत रुपमा लाग्ने चैत्राष्टमी मेलाको अवसरमा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले उद्घाटन गरेका छन । शुक्रबार देखी सुरु खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन खेल तित्याङ भलिबल र गैडाकोट युनाईटेड क्लब विच भएको थियो । मैत्रीपुर्ण रुपमा संचालन गरिएको खेल तित्याङ भलिबल क्लबले गैडाकोट युवा क्लबलाई ३—० सेटले पराजित गराएको थियो । बैशाख ६ गतेसम्म संचालन हुने मेलामा भलिबलका लागि विभागिय टिम सहित १२ टिमको सहभागिता रहेको  भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए । 
‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ नाराका साथ आयोजना हुने चैते दसैँ मेलाका सन्दर्भमा भलिबल प्रतियोगिता संचालन भएको छ । खेल उद्घाटनमा खेलाडीलाई शुभकामना दिँदै गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले चैत्राष्टमी मेलाको अवसरमा हुने कालिका कप भलिबल प्रतियोगिता राष्ट्रिय स्तरकै ठुलो राशिको प्रतियोगिता भएको बताए । उनले पछिल्लो समयमा युवा पुस्ताको रोजाईको रुपमा रहेको भलिबल खेलको संरक्षण र प्रवद्र्धनमा कालिका भगवती गठी व्यवस्थापन समितिले राम्रो सहयोग पु¥याएको बताए । 
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहलाई  तीन लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । खेलमा द्वितीय हुने समूहलाई एक लाख ५० हजार रुपैयाँ र तृतीय टोलीलाई  एक लाख प्रदान गरिने चैत्राष्टमी मेला मुल आयोजक समितिका संयोजक एवं कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।  सर्वोत्कृष्ट र अनुशासित खेलाडीलाई नगद ५ हजारका दरले पुरस्कृत गरिने छ ।
मेलामा पाँच लाख धार्मिक पर्यटक भित्रिने र एक करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । मेलामा लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगिताको आयोजना गरिने जनाइएको छ । 
राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद दुई लाख पुरस्कार रुपैयाँ र द्वितीय हुनेलाई  एक लाख रुपैयाँ र तृतीय हुनेलाई ५० हजार रुपैयाँ  र उत्कृष्ट स्वरका महिला–पुरूष तथा उत्कृष्ट वेषभूषा महिला–पुरूषलाई पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
मेलामा स्थानिय उत्पादनको प्रवद्र्धनका लागि विभिन्न स्टलहरु राखिएको अध्यक्ष खड्काले जानकारी दिए । 
 

प्रतिक्रिया