उपाध्यायले दिए नवनिर्वाचित सभापति शेरचनलाई बधाई

  • पुस ११, २०७८

बागलुङ- नेपाली काँग्रेस बागलुङका सभापतिका प्रत्यासी जगदिशचन्द्र उपाध्यायले हालै जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित जितबहादुर शेरचनलाई बधाई तथा सम्मान व्यक्त गरेका छन । उपाध्यायले आईतबार चियापान कार्यक्रमको आयोजना गरी शेरचन सहित जिल्ला कार्यसमितिका निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिएका हुन । 
कार्यक्रममा बोल्दै उपाध्यायले पार्टी भित्र एउटा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको र यो कुनै जित हार नभएर संगठन निर्माणका लागि कार्यकर्ताले प्रदान गरेको जिम्मेवारीको रुपमा लिनुपर्ने बताए । उनले नयाँ निर्वाचित समितिलाई कार्यकर्ताको मनोभाव अनुरुप आफुहरुले काम गर्नुपर्ने दायित्व प्राप्त भएको बताए । उपाध्यायले सवै वडा तह देखी जिल्ला तह सम्म निर्वाचित सभापति, पदाधिकारी सदस्यहरुको सदभाव र मायाँलाई आफुले कहिलै खेर जान नदिने बताए । ‘म नेतृत्वमा आउन नसके पनि सधै कार्यकर्ताको सुख दुःखमा रहने छु । म कत्तिपनि विचलित भएको छैन । उपाध्यायले भने,–‘हिजो जुन अवस्थामा पार्टी संगठन भित्र रहेर काम गरेको थिए अझै सक्रियताका साथ हजुरहरु सँगै रहेर काम गर्ने छु । हरेक क्रियाकलापमा साथ दिने छु ।’ उनले आफुले पार्टीको संगठन निर्माणका लागि गरेको अठोट नवनिर्वाचित कार्यसमिति सँग सँगै रहेर पुरा गर्नका लागि सहयोग गर्ने बताए । उपाध्यायले हिजोको अधिवेशनका बेलामा दुई समुह रहे पनि अब पुन काँग्रेस एक भएको र एकताको सन्देश लिएर सँगै कार्यकर्ताको माझमा जाने बताए । उनले आफु नेतृत्व तहमा नपुगे पनि हिजोको प्रतिबद्धतालाई आत्मसाथ गर्दै आउँदा अधिवेशनमा पुन नेतृत्वका लागि दाबि नगर्ने समेत कार्यकर्तालाई प्रष्टाएका थिए । 
 कार्यक्रममा काँग्रेस बागलुङका सभापति जित शेरचनले नेतृत्वका लागि लोकतान्त्रिक प्रक्रियाबाट अगाडी बढदा कार्यकर्ताले आफुलाई जिम्मेवारी सुम्पेको र त्यो जिम्मेवारीलाई कुशलताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे  । उनले सभापतिका प्रत्यासी उपाध्याय सँग सँगै हातेमालो गरेर बागलुङ काँग्रेसको संगठनलाई अझै मजबुत बनाउका लागि आफु लागि पर्ने बताए । ‘हामी हिजो जो जता भए पनि अब एकै ठाँउमा छौं ।, जगदिश दाई मेरो अग्रज हो । शेरचनले भने,–‘उहाँ लगायत सवै जिल्लाका अग्रज नेता सँगको सहयोग र सहकार्यमा बागलुङ काँग्रेसलाई हाँक्ने मौका मिलेको छ । अब जिल्लामा गतिशिल काँग्रेस निर्माणका लागि हामी सवै एक हुनुको विकल्प छैन । यसका लागि सवै नेता र कार्यकर्ताको सहयोग अपरिहार्य रहेको छ ।’ शेरचनले जिल्लामा सवै कार्यकर्तालाई समान हैसितको जिम्मेवारी दिएर आगमी निर्वाचनहरु काँग्रेसको नेतृत्वमा ल्याउने गरी काम अगाडी बढाउने बताए । 
चियापान कार्यक्रममा नेपाली काँग्रेसका निवर्तमान सभापति दिपेन्द्रबहादुर थापा लगायतका नेता तथा कार्यकर्ताहरु विभिन्न भातृ एवं सुवेच्छुक संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले संचालन गरेका थिए । जिल्ला अधिवेशनमा सभापतिका लागि पहिलो चरणमा उपाध्याय, शेरचन र द्रोण कुँवर बिच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नै ५१ प्रतिशत मत कसैले पनि नलिए पनि पुन दोस्रो चरणमा शेरचन निर्वाचित भएका थिए  । 

प्रतिक्रिया