राजन रेग्मी - बागलुङको ढोरपाटन नगरपालिकामा रहेको निजीभूजी जनता क्याम्पसमा चरम आर्थिक अभाव देखिएको छ । क्याम्पसमा चरम आर्थिक अभाव हुदा क्याम्पसका प्राध्यापकहरुले बिगत १६ महिनादेखि तलब बुझ्न पाएका छैनन् । २०७६ सालमा क्याम्पस संचालनको लागी धनधान्याञ्चल गरिएको थियो । सो धान्याञ्चलमा कबोल गरिएको रकम हाल सम्म पनि उठ्न सकेको छैन । रकम नउठ्दा क्याम्पस संचालन गर्ननै हम्यहम्य परिरहेको श्रोतले बताएको छ ।
अहिले क्याम्पसमा विद्यार्थीको संख्या पनि घट्दै गईरहेको छ । श्रोतका अनुसार ढोरपाटन नगरपालिका र क्याम्पस प्रशासनको समन्वय नभएको कारण धेरै समस्या उब्जिरहेको छ । व्यक्तिगत ईगोको कारण नगरपालिका र प्रशासनको समन्वय नदेखिएको श्रोतको भनाई छ । संघिय संसदबाट क्याम्पसको लागी आएको ४० रकम पनि नगरपालिकाले खानेपानीमा रकमान्तर गरेको छ ।
त्यसैगरि, २०७६ सालमा क्याम्पस संचालनको गर्ने सहज होस भन्ने उदेश्यले धान्यान्चल गरिएको थियो । तर, धान्यान्चलको रकम पनि नउठेको श्रोतको भनाई छ । श्रोत भन्छ ‘धान्याञ्चल पनि सम्पन्न भयो, केहिले कबोल गरेको रकम पनि दिनुभयो, तर, धेरैले कबोल गरेको रकम दिएको छैन ।’ कबोल गर्नेमा नगरपालिका देखि नगरपालिकाका मेयर सम्म रहेको श्रोतको भनाई छ ।
धान्याञ्चलमा कबोल गरिएको करिब ८० लाख रुपैँया उठ्न बाँकी छ । कबोल गरि हाल सम्म रकम नदिनेमा उच्च पदस्द व्यक्तिसम्म रहेका छन् । धान्याञ्चलको समयमा नगरपालिकाले २० लाख रुपैँया सहयोग गर्ने बताएको थियो ।
नगरपालिकाका मेयर देव कुमार नेपालीले पनि व्यक्तिगत रुपमा २१ लाख रुपैँयाको अक्षय कोष बनाउने बताएका थिए । तर, हाल सम्म नत नगरपालिकाले सो रकम हस्तान्तरण गरेको छ नत सोही नगरपालिकाका मेयर देव कुमार नेपालीलै नै सो रकम हस्तान्तरण गरेका छन् । अक्षयकोष निर्माण गर्ने योजना पनि हाल सम्म अधुँरो रहेको छ ।
क्यापसमा झण्डै चार लाख मासिक तलबमा मात्र खर्चिने गरेको छ । विद्यार्थीबाट उठेको शुल्कले मात्र तलब खुवाउन अपुग हुने श्रोतको भनाई । क्याम्पस संचालनको लागी ढोरपाटन नगरपालिको एक वर्षमात्र आर्थिक सहयोग गरेको थियो । आर्थिक अभावको कारण क्याम्पस संचालनमा धेरै समस्या भैरहेको छ ।