• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • कला/मनोरञ्जन ,
  • भिडियो

नवराज पन्तको ‘आई पुग्यो बाउलुङ बजार’

  • मङ्सिर २, २०७८

बागलुङ- मंसिर महिना विवाहको महिना । पञ्चेबाजा बज्ने समय यो समयमा कतिको मिलन हुन्छ त कतिको विछोड पनि । आफुलाई मनपरेको मान्छेलाई अर्कैले विहे गर्दा मुटुमा भक्कानो फुट्छ  र त्यही मायाँलाई फेरी देख्दा मन खिन्न हुन्छ । यस्तै विषयबस्तु समेटर नेपाली लोकसंगितका हस्ती सर्जक नवराज पन्तले पञ्चेबाजाको गित ‘आईपुग्यो बाउलुङ बजार’ मा टपक्क टिपेका छ । ‘डाँडै फुर्के सल्लो, सालको पातको टपरी’ जस्ता लोकप्रिय गितका सर्जक पन्तले आफ्नो युबट्युब मार्फत उक्त गित सार्वजनिक गरेका हुन । ‘आईपुग्यो बाउलुङ बजार, दिल बिउरेर हिँडेको हुँ म त भो मलाई नलाउ नजर’ गितमा अहिलेका चर्चित गायक गायिका बसन्त थापा र जुना श्रीष मगरको स्वर रहेको छ भने लय खेम पुनले गरेका हुन । गितको एरेञ्ज आषिश अविरलले गरेका छन । विनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको गितको निर्देशन विनोद भण्डारीले नै गरेका हुन । 
गितको भिडियो छायांकन पन्तले आफ्नै गाउँ अमलाचौर, बागलुङ बजारका विभिन्न ठाउँ र आफ्नो बैवाहिक समारोहलाई जोडेर निर्माण गरेका छन  भने यसको छायांकन करण चैसिरले गरेका छन । निकै मर्मस्पर्शी शब्द र लय रहेको उक्त गित अहिले टिकटकमा भाईरल बनेको छ । भिडियो

 

प्रतिक्रिया