बागलुङ,- बागलुङका एक युवा दश दिन देखी परिवारको सम्पर्क बिहिन बनेर बेपत्ता अवस्थामा रहेका छन । बागलुङ नगरपालिका वडा न .३ नुवाराका ४० बर्षिय रामु कार्की फागुन १७ गते घरबाट निस्के पछि अहिले पनि परिवारको सम्पर्कमा आएका छैनन । करिव ५ फिट अग्ला गहु गोरो रहेका कार्की पछिल्लो समयमा मानसिक रुपमा अस्वस्थ्य रहेको र कहाँ कस्तो अवस्थामा छन भन्ने थाहा नभएको कार्कीका भिनाजु सन्तोष खत्रीले बताए । परिवारका सदस्यलाई कुनै पनि जानकारी नदिई घर छोडेको खत्रीले बताए । सबै तिर आफन्तकोमा खवर ग¥यौ,खत्रीले भने,अहिले सम्म कुनै जानकारी पाएनौ ।
कार्कीको केहि दिन अगाडि सामाजिक संजाल टिकटकमा काठमाण्डौको फुटफाटमा मानसिक रुपमा पिडित भएको अवस्थाको भिडियो देखियो, खत्रीले भने,खोजी गर्दा कुनै जानकारी पाउन सकिएन । हाल सम्म पनि घरपरिवारसग सम्पर्क नभएको कारण फेला पार्नुहुने व्यक्तिहरुले प्रहरीकोमा वा आफन्तको मोवाईल नम्बर ९८६४६५६९३० मा फोन गरि सहयोग गर्न परिवारले सबैसग याचना गरेको छ ।