काँग्रेसको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा दुई समुहकै उम्मेदवार खडा

  • मङ्सिर ३, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेन अन्तर्गत शुक्रबादेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार पालिका तहका अधिवेशन भएका जिल्लामा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो । बागलुङका २ निर्वाचन क्षेत्र अन्तरगत ४ वटा प्रदेश सभा क्षेत्रमा पनि शुक्रबार देखी अधिवेशन सुरु भएको छ । सवै प्रदेश सभा क्षेत्रमा दुई पक्षले उम्मेदवार नै खडा गरेर अधिवेशनमा होमिएका छन । शुक्रबार अधिवेशन उद्घाटन भए पनि निर्वाचनको काम शनिबार हुने संभावना रहेकाे मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । जिल्लाको क्षेत्र नं‌ १ प्रदेश सभा (क) का लागि सन्तोष कुँवर र ज्ञामनाथ कंडेलले उम्मेदवारी घोषणा गरेका छन । कुँवर संस्थापन पक्षका उम्मेदवार हुन भने कंडेल संस्थापन ईतरबाट उम्मेदवारी दिएका हुन ।  त्यसैगरी क्षेत्र प्रदेश सभा (ख) दलबहादुर श्रीष र धनबहादुर शाही विकासले उम्मेदवारी दिएका छन । शाही संस्थापन पक्षका हुन भने श्रीष संस्थापनईतरबाट उम्मेदवारी दीएका हुन । प्रदेश सभा -_ का लागि उपसभापतिमा हरिबहादुर जिसी  सचिवमा नविनकुमार श्रेष्ठ र चन्द्रन्त सापकोटा रहेका छन । त्यसैगरी ख को सचिवमा बालकृष्ण शर्मा  लक्ष्मी सापकोटा र कृष्ण पौडेलको उम्मेदवारी रहेको छ ।

जिल्लाको क्षेत्र नं २ का दुवै प्रदेश सभा क्षेत्रमा पनि अधिवेशनको माहोल तातेको छ । यस क्षेत्रको प्रदेश सभा क मा भने तिलक घर्तिको बाहेक अन्यको सभापतिमा आकंक्षी देखिएको छैन । त्यसैगरी  प्रदेश ख मा मेषलाल शर्मा खगेन्द्रमान पुन र दिपेन्द्र श्रेष्ठले सभापतिमा दाबि गरेको बताईएको छ काँग्रेसले पहिलो पटक प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो । संविधानको व्यवस्था अनुसार ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ कार्यसमिति चयन हुनेछ । यसअघि कांग्रेसले स्थानीय तहमा निर्देशिका बनाएर सहमतिमा प्रदेश सभा क्षेत्रीय कार्यसमिति चयन गरेको थियो ।

प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गर्नेछ । ती महाधिवेशन प्रतिनिधिले प्रदेश कमिटी चयन गर्नेछन् ।

 

 

प्रतिक्रिया