स्थानिय उत्पादनको प्रवर्द्धनका लागि गल्याङमा आलु महोत्सव

  • चैत ४, २०७९

खगेन्द्र भण्डारी-स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिकाले कृषि क्षेत्रको बिकासलाई महत्वपूर्ण रुपमा अगाडि बढाइरहेको छ। यहि क्रममा नगरपालिकाको प्रायोजनमा गल्याङ चेम्बर अफ कमर्शको आयोजनामा स्थानिय उत्पादनको प्रवर्द्धन र बिक्री वितरण गर्दै आलु महोत्सव सम्पन्न गरेको छ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख गुरु प्रसाद भट्टराईले नगरपालिकाले कृषि शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएर नीति र कार्यक्रम सङ्गै अघि बढेको बताए । उनले कृषकका आवस्यकता र समस्याको दिर्घकालिन समाधानका लागि आफू लागि परेको र कृषकलाई सबै किसिमको उपलब्धता सङ्गै कृषक हुनुमा गर्व गर्ने बनाउने प्रतिबद्धता ब्यक्त गरे।

नगर प्रमुख भट्टराईले हाम्रो जस्तो ग्रामिण र पहाडी भेकको बिकास कृषि क्षेत्रमा गरिने लगानी र त्यसको प्रतिफलले मात्र सम्भव रहेको तथा कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव रहेको हुनाले नगरपालिका कृषिमा ब्यबसायिक उत्पादन र प्रबर्द्धन लागि प्रतिबद्ध रहेको बताउदै कृषकलाई उत्पादन र आयआर्जन सङ्ग जोड्न नाफा परियोजना सन्चालन गरिने भएको र यस परियोजनाका लागि सम्बन्धित मन्त्रालय र कृषि बिकास निर्देशनालयलाई धन्यवाद समेत ज्ञापन गर्दै थप सहयोगका लागि अनुरोध समेत गरेका थिए।

गल्याङ नगरपालिकाले पकेट र ब्लक क्षेत्र निर्माण,बीउ श्रोत केन्द्रको स्थापना समेत गरेको छ। पालिकाले आम नागरिकलाई आयआर्जन सङ्ग जोड्ने गरि फलफुल जन्य उत्पादनको बिकासका लागि ७ बर्षका लागि लागू हुने नाफा परियोजना जस्ता कार्यक्रम लागू गर्दै विभिन्न आइपिएम लगाएतका कृषक तालिमहरु समेत संचालन गरिरहेको छ। गल्याङ नगरपालिकाले यस आर्थिक बर्षबाटै पालिकाको ११ नम्बर वडामा उत्पादन हुँदै आएको बीउ आलु कार्यक्रम वडा न ४ र ७ मा पनि लागू गर्ने भएको छ त्यस्तै थप वडा न १ मा मकै बिउ उत्पादन,७ मा रहेको सुन्तला पकेट वडा न १० मा पनि बिस्तार गर्ने,वडा न ७ तरकारी पकेट क्षेत्र,वडा न ५ मा कोल्ड रुम स्थापना गरेको छ साथै बीउ उत्पादकलाई रु ६ लाख उपलब्ध गराएको,१५ लाख बराबरको बीउ आलु बितरण गरेको र मौरिघार,मौसम अनुसारको बिउबिजन टनेल लगाएत बितरण समेत गरेको छ।

कार्यक्रममा गण्डकी प्रदेश कृषि उर्जा तथा जलस्रोत मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाईले कृषि क्षेत्रको ब्यस्थापन र आधुनिकीकरण का लागि गल्याङ नगरपालिका सङ्ग सहकार्य गर्दै अघि बढ्ने र प्रदेश सरकार सहयोगमा रहने बताए । । गल्याङ चेम्बर अफ कमर्सका उपाध्यक्ष अर्जुन रानाभाटको स्वागत एवम् सस्थाका अध्यक्ष गङ्गा प्रसाद श्रेष्ठ को अध्यक्षता सङ्गै सुरु भएको कार्यक्रमको संचालन महासचिव एवम् गल्याङ नगरपालिका ११ का वडाध्यक्ष दल बहादुर सिंजालिले गरेका थिए ।  गल्याङ नगरपालिकामा गण्डकी प्रदेशको ६५ प्रतिशत आलु उत्पादन हुँदै आएको छ।

प्रतिक्रिया