बागलुङ नगरपालिका बालमैत्री नगर घोषणाको अभियानमा 

  • मङ्सिर ६, २०८१

बागलुङ- बागलुङ नगरपालिकाले नगरलाई बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको अभियानको थालनी गरेको छ । आगामी पौष मसान्त भित्र नगरलाई बालमैत्री नगर घोषणा गर्ने लक्ष्य राखेको नगरपालिकाले बुधबार वडा नं. १४ नारायणस्थानलाई पहिलो बालमैत्री वडाको रुपमा घोषणा गरेको हो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ एवं स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले निर्दिष्ट गरेको ५१ वटा सूचकमध्ये ३८ वटा सूचकमा शतप्रतिशत उपलब्धि र ६ वटा सूचकमा ९५ प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रावधान छ । यस्तै ६ वटा सूचकमा ८० प्रतिशत र एउटा सूचकमा ९० प्रतिशत नतिजा प्राप्त गरेमा बालमैत्री नगर घोषणा गर्न सकिन्छ ।
घोषणा कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले बालमैत्री नगर अभियानको पहिलो वडाको रुपमा घोषणा हुँदा नगरकै पहिचान बढेको बताए । साथै उनले नगरपालिकाको बालमैत्री अभियानले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा पनि सकारात्मक सन्देश गएको समेत जानकारी गराए । 
कार्यक्रममा कार्यवहाक नगरप्रमुख राजु खड्काले बालमैत्री नगर अभियान नगरकै गौरवको आयोजना भएकोले यो अभियान पुरा गर्ने सबैको दायित्व भएको बताए । उनले बालमैत्री नगर अभियानले शिक्षा, स्वास्थ्य र सामाजिक जागरणको लक्ष्य पुरा भएको बताए । आगामी पुस मसान्तभित्र सबै वडा घोषणा गरिसकेर नगरस्तरीय कार्यक्रम गर्ने उनको भनाइ थियो ।

May be an image of 8 people, dais, temple and text
जिल्ला समन्वय समितिको टोलीले वडामा पुगेर सबै सूचकबारे अध्ययन प्रतिवेदन तयार पारेपछि मात्र यो घोषणा संभव भएको बालमैत्री सहजकर्ता पूजादेवी आचार्यले बताइन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले शिक्षा र स्वास्थयको सुधार जस्तो अन्य पूर्वाधारको विकास तत्काल नदेखिने भएपनि यसले नगरको गुणात्मक फड्को मारेको बताए ।
वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, वडा सचिव विष्णु रिजालको संचालन र वडा सदस्य चन्द्रा बिक सुनारको स्वागतमा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, जिल्ला समन्वय समितिकी सदस्य जशोदा शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
उक्त अबसरमा प्रदेश सभा सदस्य सुवेदीले बालमैत्री घोषणाको प्रतिवद्दता र खड्काले घोषणाको औचित्यबारे प्रष्ट पारेका थिए । वडा अध्यक्ष खत्रीले गत वर्ष मंसिर १७ देखि शुरु भएको अभियानले पूर्णता पाएको भन्दै वर्षभरीको प्रगती प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । एक वर्षभरी वडाको सबै टोल, विद्यालय र समुदायमा पुगेर बालमैत्री अभियानको औचित्यबारे प्रष्ट्याइएको वडा सदस्य पूजादेवी आचार्यले बताइन् । त्यस बाहेक वडा वडामा बाल क्लब गठन, प्रशिक्षण र पूर्वाधार निर्माणमा समेत बालमैत्री संरचना निर्माण गर्न सुझाव दिइएको थियो ।

May be an image of one or more people

May be an image of 3 people, dais and textNo photo description available.May be an image of 12 people, temple and text

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय