बागलुङ महोत्सव सुरु —राष्ट्रपती पौडेलद्धारा उद्घाटन (फोटो फिचर)

  • पुस ११, २०८०


नारायण रिजाल, बागलुङ- बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, तथा औद्योगिक व्यापार मेला एवं सातौं बागलुङ महोत्सव बुधबार देखी सुरु भएको छ । पौष २१ गते सम्म संचालन हुने महोत्सवको उद्घाटन राष्ट्रपती रामचन्द्र पौडेल गरेका हुन । उद्घाटन पश्चात बोल्दै पौडेलले निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई आर्थिक विकासमा परिचालन गर्न व्यवसायीमैत्री वातावरण तयार गर्नुपर्ने बताएका छन । 

No description available.

    पौडेलले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताए । पौडेलले प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक  तथा साहसिक पर्यटनको लागि हिल स्टेशनहरू विकास गर्न आवश्यक रहेको बताए । उनले  सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने विश्वास लिएको बताए । स्थानीय परम्पराको संरक्षण गर्दै घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्नुपर्ने बताए । 
    उनले नागरिकको प्रतिस्पर्धात्मक र प्रविधिमा सुधार गरेर पूर्वाधार निर्माण, मेसिनरी प्रतिस्थापन तथा लघु घरेलु उद्योगको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । “बागलुङ् झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ, ढोरपाटन पर्यटन र शिकारको लागि पनि प्रख्यात क्षेत्र हो राष्ट्रपती पौडेलले भने,—‘सयांै मेगावाट विद्युत उत्पादन गर्न सकिने उत्तरगंगा र कालीनदीले वेष्टित भूमि पनि हो । पहिला फलाम र तामाको खानी भएपनि अहिले त्यसको उपयोग भएको छैन । संभावित खानीको उपयोग गर्न म निजी क्षेत्रलाई यस अवसरमा आग्रह पनि गर्दछु । ” उनले यस क्षेत्रमा उत्पादन हुने कृषि उत्पादनहरूलाई व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरेमा मात्र यस भेगका जनताको जीवनस्तर सुध्रिने बताए ।

No description available.
      
    पौडेलले महोत्सव मार्फत निजी क्षेत्रले यहाँको उत्पादन हुने कृषि उपज र जडीबुटीलाई हाम्रो सामु ल्याएको हुँदा प्रदेश सरकारले यसको विकासमा उद्योगी व्यवसायीलाई  उत्प्रेरित गर्नुपर्ने आवश्यकता रहेको बताए ।   
    पौडेलले नेपालीको रगत र पसिना बगाएर बनाएको संविधान कसैले निमोठ्न नसक्ने बताएका छन् । लाखौं नेपालीको आन्दोलनबाट स्थापित संविधानलाई सदुपयोग गर्ने र देश विकास गर्ने जिम्मेवारी सबैले बहन गर्नुपर्ने बताए ।  
    संविधान लेखनका क्रममा गरिएका संघर्ष र बलिदानले अहिलेको गणतन्त्र संस्थागत गर्नसमेत पहल गर्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तन जस्तै देशमा अर्थतन्त्रको सुधार, प्रविधिको प्रयोग र उद्योगको विकासमा जोड दिनुपर्ने बताए ।
    उनले वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूलन तथा असर न्यूनीकरणलाई ध्यान दिएर विकास गर्नुपर्ने बताए । स्थानीय स्तर, निजी क्षेत्र र सरकारी क्षेत्रले पनि ध्यान दिनुपर्ने पौडेलको जोड थियो । पौडेलले वातावरण संरक्षण नभएमा देखिएका हिमशृंखला नष्ट हुने खतरा बढेको औंल्याए । ‘यी देखिएका हिमशृंखला जोगाउन हामीले होस पु¥याएनौं भने भोलि नरहन पनि सक्छन्,’ उनले भने, ‘त्यो बेलाको हामी कल्पना पनि गर्न सक्दैनौं ।’ उनले विकाससँगै वातावरण संरक्षणका काम थाल्न आग्रह गरे ।

No description available.
    क्रेता र विक्रेता एकै ठाउँ जम्मा हुने अवसर सदुपयोग गर्दै वस्तुको उत्पादन र बजारीकरणमा महोत्सवको सफलताको कामना पनि गरे । ‘स्थानीय रोजगारी र बजारीकरणमा महोत्सव सफल हुनुपर्छ,’ पौडेलले भने ।
    पौडेलले गण्डकी प्रदेश सबैभन्दा सुन्दर भएको चर्चा गरे । संविधान निर्माणका क्रममा कोरला नाकादेखि त्रिवेणी नाकासम्म जोड्ने गरी गण्डकी प्रदेश बनाउन भूमिका खेलेको उनले स्मरण गरेका थिए । कालीगण्डकी करिडोर छिटो सकेर गण्डकीले समृद्धिको ढोका खोल्ने उनले बताए । ‘अब डेढगाउँदेखि त्रिवेणीसम्मको सुरुङ मार्ग बनाउन सकेमा गण्डकी देशकै सुन्दर र समृद्ध प्रदेश बन्छ,’ उनले भने, ‘यो अभियानमा तपाईंहरू होस्टे गर्नुहोस्, म पनि हैंसे गर्नेछु ।’
    राष्ट्रपति पौडेलले २०४६ सालको आन्दोलनमा बागलुङ कारागार बसेको स्मरणसमेत गरे । त्यतिबेलाका सहयोद्धाहरु गोविन्दप्रसाद शर्मा कँडेल, जगदीशचन्द्र उपाध्याय ऋषि कँडेल, विष्णु गिरी, ढकप्रसाद, दिलप्रसाद र इश्वरीप्रसाद कँडेल, मणिभद्र चालिसे र दिलप्रसाद सापकोटा लगायतको नाम उल्लेख गर्दै परिवर्तनका लागि लडेका सबैलाई सम्मान गरे । ‘म आज आफ्नै घर फर्केर आएझैं भएँ,’ पौडेलले भने, ‘मलाई जेलमा खाना खुवाउन सापकोटा बाजे देखि संकटका बेला भेटेर साथ दिन बााग्लुङ बजार बिँहु–लेखानी, पैयुँपाटा, कुश्मीशेरा र पर्वत फलेवास, मणिकुँवा अनि पाङ, ग्यादी र कुश्माका साथीहरूलाई स्मरण गर्न चाहन्छु । उनले सँगैका सारथीलाई बागलुङको यही कार्यक्रमबाट सम्झेको र अभिनन्दन रहेको बताए ।  पौडेलले राष्ट्रपति भएपछि पहिलो पटक बागलुङ आएकोले बागलुङवासी र धौलागिरि क्षेत्रका बासिन्दालाई अभिनन्दन गरेको बताए । कार्यक्रममा पुर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसी, पुर्व शिक्षा मन्त्री एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, देवीप्रसाद भट्टचन, गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकाल, बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ लगायतल समग्र बागलुङको विकास निर्माणका कामको बारेमा जानकारी गराएका थिए । 

No description available.
कार्यक्रममा विभिन्न झाँकी, पञ्चेबाजा र स्थानिय लोक संस्कृति प्रस्तुत गरिएको थियो । कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेलको अध्यक्षता महासचिव ऋषिराम गौतम र प्रेस सल्लाहकार सुवास गौतमको संचालन र बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यको धन्यबाद मन्तव्यमा सम्पन्न भएको थियो । महोत्सवको पहिलो दिन लोकदोहोरी गायक तेजश रेग्मी, राजन कार्की, कृष्ण अखेलीले प्रस्तुती राखेका थिए ।  

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.
No description available.

प्रतिक्रिया