• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • अर्थतन्त्र

 जैमिनीको निति : गाउँ फर्कौ, आफ्नै गाउँ बनाऔं 

  • असार ८, २०८३

बागलुङ-   जिल्लाको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ मा गाउँ फर्कौ, आफ्नै गाउँ बनाऔं निती ल्याएको छ । नगरपालिकाको १९औं नगरसभामा नगरप्रमुख नरबहादुर पुनले बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै बैदेशिक रोजगारीबाट फर्किएका स्वरोजगार बन्न चाहने युवालाई घुम्ती कोष मार्फत उद्यमी बन्न प्रेरित गर्नका निम्ती गाउँ फर्कौ, आफ्नै गाउँ बनाऔं कार्यक्रम अगाडी ल्याएको छ । 
नगरपालिका अर्थ उद्योग बाणिज्य र लघुउद्यम कार्यक्रममा सो कार्यक्रम ल्याएको नगरप्रमुख पुनले जानकारी दिए । 
बार्षिक कार्यक्रममा आर्थिक विकास तर्फ आफ्नै मल, आफ्नै उत्पादनको आधार स्वस्थ्य उत्पादन र स्वस्थ्य परिवार भन्ने अभियानलाई आत्मसाथ गर्दै प्राङ्गारिक मल उत्पादन र प्रयोग गर्नका निम्ती  प्राङ्गारिक मल उद्योग स्थापना गर्ने निती ल्याएको छ । कृषि तर्फ नै हरेक खेतमा सिंचाई हरेक किसानमा समृद्धि कार्यक्रम अगाडी सारेको छ भने सेरा जाउँ केरा खाउँ कार्यक्रमलाई निरन्तरता दिएको छ । 
नगरपालिकाले नराखौ जमिन  खाली लगाउँ सुहाउँदो बाली भन्न नाराका साथै नगरभित्रका हरेक क्षेत्रमा उत्पादन हुने वस्तुको पहिचाहन गरी सोही अनुसार बाँझो जमिनको सदुपयोग गर्ने कार्यक्रम अगाडी सारेको छ । नगरपालिकाले अन्य पालिकाबाट बसाईसराई गरी आएका युवा, सिपयुक्त जनशक्ति तथा गाउँमै उद्यम गर्न इच्छुक नागरिकलाई लक्षित गरी फर्किएका युवा गाउँको शक्ति ः उद्यम विकास, समृद्धिको आधार भक्ति,  कार्यक्रम अगाडी सारेको छ । नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धन तर्फ यहाँको मौलिक संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्नुका साथै धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रर्वधन गर्ने भएको छ । त्यसका साथै राष्ट्रिय दलित संग्रालयको अवधारणालायृ कार्यान्वयनको आधार तयार गर्ने निती लिएको छ । 
नगरपालिकाले पुर्वाधार तर्फ दिगो र वातावणमैत्री पुर्वाधार जैमिनी नगरको समृद्धिको आधार भन्ने मुला नारालायृ सार्थक बनाउने उद्देश्यले नगरभित्रका १३ वटै दिगो सडकको स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । त्यसैगरी सडक पुर्वाधार निर्माण तथा सुधार कार्यक्रमका लागि नाली निर्माण, टेवा पर्खाल, पानी निकास र घुम्ती सुधार कार्यक्रमलाई उच्च प्राथमिकता दिईएको छ । त्यसैगरी जैमिनी नगरपालिकाका सवारी साधानको व्यवस्थापनका निम्ती वसपार्कको व्यवस्थापन गरिने निती नगरप्रमुख पुनले प्रस्तुत गरेका छन । 
नगरपालिकाले नगर भित्रका मापदण्ड विपरित बनेका घर टहरा हटाई व्यविस्थत शहर निर्माणमा पहल गर्ने कार्यक्रम अगाडी सारेको छ भने सुकुम्बासी मुक्तपालिका घोषणाको नितीलाई निरन्तरता दिने कार्यक्रम अगाडी सारेका छ । नगरपालिकाले निर्माणाधिन  अवस्थामा रहेको प्रशासकिय भवनलाई आगामी मंसिर भित्र सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गरी अगाडी बढेको छ । 
निति तथा कार्यक्रममा जलविद्युत र बैकल्पिक उर्जा तर्फ अवस्थित पोल र तारहरु हटाई व्यवस्थित बनाउने पहल गरिने छ भने नगरका मुख्य बजार क्षेत्र र सार्वजनिक भवन लगायतका स्थानमा सौर्य बत्ति जडान कार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ । 
नगरपालिपालिकाको केन्द्र कुश्मिसेरालाई फ्रि वाईफाईको प्रवन्ध गर्ने निति तथा कार्यक्रम ल्याईएको छ । त्यसैगरी फोहोरमैला व्यवस्थापनका निम्ती निजी क्षेत्रसँग सहकार्य गर्दै नगर क्षेत्र र बजारउन्मुख क्षेत्रलाई सुफा सुन्दर र व्यवस्थित राख्न प्रत्येक घरको अगाडी एक घर एक गमला लगायतका बजार सौन्दर्यकरण अभियान चलाईने उल्लेख गरिएको छ । 
शिक्षा तर्फ नगरले गुणस्तरीय शिक्षाको आधारशिला सुधारिएको पाठशाला भन्ने नारा सहित शैक्षिक गुणस्तर सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखिको छ । त्यसैगरी  एक विद्यालय एक करेसाबारी बनाउने गरी हरित विदालय कार्यक्रम संचालन गर्न पहल थाल्ने कार्यक्रम अगाडी सारेको छ । 
नव युवा र आधुनिक समाजको चाहनालाई मध्यनजर गर्दै प्राविधिक धार संचालित शान्ति माविमा एआई ल्याब संचालनको कार्य प्रारभ्भ गर्ने निति ल्याएको छ  भने एसईइ दिन ेविद्यार्थीको मनोबल बढाई प्राप्ताङ्कमा सुधार ल्याउन मुख्य विषयमा अनलाईन संचालन गर्ने भएको छ । 
शिक्षामा नतिजना सुधार र सिकार्य उपलब्धी बृद्धि गर्ने नतिजाको आधारमा उत्कृष्ट वर्ष विद्यालय घोषणा गर्ने र रमाईलो पढाई दिगो सिकाई कार्यक्रम अगाडी सारेको छ । त्यस्तै दिवा खाजा राम्रो खाऔं खुशि भएर विद्यालय जाऔं भन्ने नारासहित सामुदायिक विद्यालयलाई पूर्ण जंक फुड निशेष गरीने र दिवा खाजाको मेन्यु कार्यान्वय गरिने भएको छ । 
नगरपालिकाले विद्यालय उमेरका सवै बालबालिकाको अभिलेखिकरण र भर्ना सुनिश्चित गर्दै शुन्य विद्यालय बाहिर बालबालिका कार्यक्रम अगाडी बढाएको छ । 
नगरपालिकाले स्वास्थ्य तर्फ नगरपालिकाले स्थापना गरेको नगारिक स्वास्थ्य उपचार कोषलाई बृद्धि गरेर आम नागरिकलार्य कोषमा योगदान गर्ने वातावरण बनाउने निति ल्याएको छ । त्यसैगरी सवै वडामा ग्रामिण भिडियो एक्सरे लाई निरन्तरता दिई पुर्ण संस्थागत प्रसुतिलाई दिगो राखिने कार्यक्रम अगाडी बढाएको छ । 

निति तथा कार्यक्रममा खानेपानी तथा सरसफाई तर्फ एक घर एक धार निर्माण कार्यक्रम, जैमिनी नग सरसफाइ युक्त नगर कार्यक्रमलाई विभिन्न संस्थासँग सहकार्य गरेर अगाडी बढाएको छ । 
नगरपालिकाले छोरी जन्मे घर खुसीको लहर भन्ने नाराका साथ संचालन गरेको जैमिनीकी छोरी कार्यक्रमलाई थप प्रभावकारी बनाउने निति ल्याएको छ । 
नगरप्रमुख पुनले सुसासन तथा संस्थागत विकास, न्यायिक समिति, सामाजिक सुरक्षा, श्रम रोजगार प्रर्वद्धन र विकास, सहकारी तथा वित्तिय क्षेत्रमा पनि विगतका कार्यक्रमलाई निरन्तरता दिँदै थप कार्यक्रम पनि अगाडी सारेका छन । नगरले आन्तरिक राजश्वलाई सुधार गर्ने योजना अगाडी सारेको छ भने घरबाटै कर तिरौं अभियान संचलान गर्ने भएको छ ।  नगरसभाबाट सोमबार नै बजेट प्रस्तुत हुने उपप्रमुख हरिहर शर्माले जानकारी दिए । बजेटको भार भने अघिल्ला वर्ष भन्दा केही घटेर आउने उपप्रमुख शर्माले बताए । 

प्रतिक्रिया