काभ्रेडाँडामा लफ्टिङ प्रविधि मार्फत घरघरमा खानेपानीको धारा 

  • ब‌ैशाख १३, २०८२

नारायण रिजाल—बागलुङ ! ‘बाटो धारा घर सफा जिउनलाई, पानी हाम्रो सवथोक हो पिउनलाई......  शनिबार बागलुङ नगरपालिका–१३ पैयुँपाटा काभ्रेडाँडाका महिलाहरु स्थानिय भाकामा यही शब्दमा आफ्नो लय हालेर गित गाउँदै खुसीयाली मनाएका थिए । उनिहरुले आफ्नो घरकै आगनमा खानेपानीको धारा निर्माण गरेर सफा र शुद्ध पानी ल्याउन पाउँदा खुसि मात्र हैन लिफ्टिङ प्रविधि मार्फत आएका पानी एकै छिनमा गाग्री भरी भर्न पाउँदा निकै दंग समेत थिए । १५ देखी २० मिनेटको बाटो नजिकैको खोल्सामा पुगेर लामो समय कुरेर  खानेपानी ल्याउनुपर्ने बाध्यता लिफ्टिङ खानेपानी योजना मार्फत टरेपछि काभ्रडाँडाबासीले दुःखका दिन गएको अनुभव गरेका छन । 
“पानी आयो, जीवन आयो । अब हाम्रो गाउँ पछि पर्ने छैन । हामिले त दुःखका दिन काटियो अब हाम्रा छोरा नातिलाई घरमै आएको धारोको पानी खानी खान पाउने भए धेरै खुसी लागेको छ स्थानिय ७६ बार्षिया बालिका रिजालले भनिन्न–‘हाम्रै पालामा घरघरमा धारा आउँदा बल्ल सुखका दिन आउलान जस्तो छ ।”
काँभ्रडाँडाबासीको २१ घर धुरीमा घरघरमा धारा निर्माण भएको छ भने उनिहरुले आफ्नो गाउँलाई सफा र स्वच्छ समुदाय समेत घोषणा गरेका छन । काभ्रेडाँडा लिफ्ट खानेपानी सरसफाई तथा स्वच्छता आयोजना मार्फत यस गाउँमा एक घर एक धारा निर्माण गरिएको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवाको सहयोग र बागलुङ नगरपालिकाको साझेदारीमा  आयोजना सम्पन्न भएको छ ।  
काभ्रेडाँडा गाउँ भन्दा केही तलको सिमको खेतमा रहेको पानीको मुलबाट लिफ्टिङ प्रविधि मार्फत कुल २४ लाख ६० हजार ७ सय रुपैयाँ लागतमा योजना सम्पन्न भएको आयोजनाका अध्यक्ष नरप्रसाद रिजालले जानकारी दिए । रिजालका अनुसार नेवाको ११ लाख ७३ हजार ५० रुपैयाँ, बागलुङ नगरपालिकाको ८ लाख ८४ हजार ६९० रुपैयाँ र स्थानिय जनश्रमदानको ४ लाख २ हजार ९६० रुपैयाँ लागत रहेको थियो । आयोजना मार्फत १ वटा इन्टेक, २ वटा आरभिटी र २१ वटा धारा निर्माण गरिएको छ । 
    लिफ्टिङ खानेपानी मार्फत प्रत्येक घरघरमा धारा ल्याउन पाउँदा यहाँ स्थानियलाई ठुलो राहत भएको अध्यक्ष रिजालले बताए । ‘हामीले बर्षौ देखी खानेपानीको दुःख भोग्नु परेको थियो । ठुलो मेहेनतले अहिले घरघरमा धारा ल्याउन सफल भयौं, अध्यक्ष रिजालले भने,–‘बागलुङ नगरपालिकाको  साझेदारीमा नेवाले खानेपानी योजनाका लागि सहयोग ग¥यो, हामीले पानि मात्र हैन घर आगन कसरी सरसफाई राख्ने पनि सिकेका छौं त्यसैले हाम्रो गाउँलाई  सफा र स्वच्छ समुदाय घोषणा गरेका छौं ।’ बागलुङ नगरपालिकाले एक घर एक धारा अभियान अन्तरगत नेवा सँगको साझेदारीमा यस गाउँमा खानेपानीको योजना संचालन गरेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए । उनले काभ्रडाँडाबासीको धेरै पहिले देखीको सपना अहिले साकार भएको भन्दै आगामी दिनमा खानेपानी समस्या भएको अन्य वस्तीमा पनि जे जसरी खानेपानीको समस्या समाधान गर्न सकिन्छ नगरपालिको त्यसैगरी आम नागरिकलाई शुद्ध खानेपानीका पहुँचमा पु¥याउने बताए । ‘घरघरको धारोमा पानी खसेपछि काभ्रडाँडाको पहिचाहन नै बदलिएको छ पानी सँगसँगै गाउँमा उज्यालो भविष्यको सपना कोरिएको छ नगरप्रमुख श्रेष्ठले भने हामी नगरका सवै नागरिकको घरघरमा शुद्ध खानेपानी पु¥याउने योजना छ कतै लिफ्ट प्रविधि मार्फत योजना निर्माण गरेका छौं कतै ड्रिलिङ प्रविधि मार्फत ’
नेवा मार्फत जिल्लाका विभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजना र अन्य योजना संचालन गरी एक घर एक धारा अभियानलाई प्रभावकारी रुपमा संचालन गरिएको नेवा गण्डकी प्रदेशका प्रमुख रमेश दाहालले बताए । उनले पछिल्ला दिनमा बागलुङको निसी ढोरपाटन देखी सदुमुकाम नजिकैको क्षेत्रमा पनि लिफ्टिङ प्रविधि मार्फत सम्पन्न भएका खानेपानीका योजना प्रभावकारी भएको बताए । 
गत भदौं २१ गते सम्झौता भएर काम सुरु भएको योजना चैत्रको पहिलो साता सम्पन्न भएको थियो । शनिबार आयोजनाको औपचारिक रुपमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गरेका थिए । खानेपानी सँगै यस गाउँका नागरिकले आफ्नो घर आगनको स्वच्छताको बारेमा पनि सवै बुझेका छन जानेका छन ।  आगामी असार मसान्त भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको ३ महिला पहिले नै सम्पन्न भै सकेको छ  । 
खानेपानी उद्घाट कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का बा.न.पा. १३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, नेवा गण्डकी प्रदेश प्रमुख रमेश दाहाल स्थानिय लिलाधर रिजाल लगायतले बोलेका थिए । कार्यक्रम आयोजनाका अध्यक्ष नरप्रसाद रिजालको अध्यक्षता सदस्य महेन्द्र रिजालको स्वागत र सागर रिजालको संचालनलमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया