बागलुङ नगरपालिकाले आफ्नै दररेट कायम गर्ने

  • साउन १, २०७९

बागलुङ- जिल्लाको बागलुङ नगरपालिकाले यस वर्ष देखी नगरस्तरीय नयाँ दररेट निर्धारण गरेको छ । शनिबार बसेको नगरकार्यपालिकाको छैठौ कार्यपालिका बैठकले आ.व. ०७९।०८० का लागि नगरस्तरीय नयाँ दररेट काम गर्ने निर्णय गरेको हो । ढुवानी दररेट, मेशीन तथा उपकरणको भाडा र कामदारको ज्याला लगायतका विभिन्न विषयमा नयाँ दररेट कायम गरिएको हो ।

विगतका वर्षमा जिल्ला दररेट समितिले कायम गरेको दररेटलाई कार्यान्वयन गर्दै आएको नगरपालिकाले चालु आर्थिक वर्षका निम्ती आफ्नै दररेट निर्धारण गरी यसलाई कायम गर्ने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।  नगरपालिकाले आफ्नै विकासका निम्ती आफ्नै दररेट कायम गर्न सक्ने अधिकार कानुनमा व्यवस्था भए बमोजिम नगरस्तरीय नयाँ दररेट कायम उनले बताए ।  यस अघि जिल्ला दररेट समितिले कायम गरेको दररेट अनुसार काम गर्दै आएकोमा यस आर्थिक वर्ष देखी नगरस्तरीय दररेट कायम हुने छ र उक्त दररेट जिल्ला दररेट समितिले निर्धाण गर्ने सँग मिल्दोजुल्दो रहने नगरपालिकाले जनाएको छ । कार्यपालिकाबाट कायम गरिएको नयाँ दररेट सार्वजनिक गरिने र सोही अनुसार कामकाज अगाडी बढने  बताईएको छ ।  
आ.व. ०७८।०७९ को अन्तिम बैठकले यस वर्ष काम सम्पन्न भएका र भुक्तानी हुन बाँकी रहेका योजनाको बारेमा छलफल गरिएको थियो  भने सम्पन्न हुन नसकेका योजनालाई चालु वर्षमा कसरी संचालन गर्ने विषयमा छलफल गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए । 
बैठकले विज्ञापन कर, कवाडी व्यवस्थापन, ल्याण्डफिल साईडको व्यवस्थापन लगायतका विषयमा पनि महत्वपुर्ण निर्णय गरेका छ । नगरपालिकाले बागलुङमा संचालन भएको सुरक्षित आप्रवासन ‘सामि’ परियोजनालाई बागलुङ नगरपालिकाको स्वामित्वमा ल्याएर संचालन गर्ने, करारका कर्मचारी व्यवस्थापन गर्ने लगायतका विषयमा पनि छलफल गरी आवश्यक निर्णय गरेको गौतमले जानकारी दिए । 
कार्यपालिका बैठकबाट नगरक्षेत्र भित्र आईपर्ने कुनै पनि विपदलाई व्यवस्थापनका निम्ती आवश्यक कार्य गर्ने सम्पुर्ण जिम्मेवारी नगरप्रमुख श्रेष्ठलाई प्रदान गरिएको छ ।    
बैठकले नगरभित्रको सडक क्षेत्रमा रहेका हेरालु तथा सरसफाईमा संलग्न कर्मचारीको व्यवस्थापनमा सहज र नगरप्रहरीको पोशाकको पनि निर्धाण गरेको छ । 
 

प्रतिक्रिया