बागलुङ- नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अनुसार बागलुङका सवै वडामा जनताको साथमा नेपाली काँग्रेस अभियान संचालन गरिएको छ । जिल्लाका १० स्थानिय तहका ८५ वटै वडामा उक्त अभियान संचालन गरिएको काँग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिए । अभियानमा आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको तयारी र आम जनता माझ कसरी जाने रणनितिका बारेमा छलफल गरिन्छ भने हरेक वडामा निर्वाचन परिचालन र चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ । जिल्ला स्तरका नेताहरु पनि यतिबेला वडा तहमै रहेका छन ।
अभियान अन्तरगत बागलुङ नगरपालिका–१३ पैयुँपाटामा पनि विविध कार्यक्रम संचालन गरिएको छ ।
जिल्लाकै सवै भन्दा बढि काँग्रेस क्रियाशिल सदस्य भएको उक्त वडामा टोल स्तरीय निर्वाचन परिचालन तथा चुनाव प्रसार प्रसार समिति गठन गरिएको छ वडा समितिले ७०५ सदस्यीय वार्ड स्तरीय चुनाव प्रचार प्रसार समिति समेत गठन गरेको वडा सभापती चन्द्रबहादुर खत्रीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका निवर्तमान आमन्त्रीत केन्द्रीय सदस्य किरणराज पौडेलले आउँदो प्रतिनिधि सभा र प्रदेश सभामा काँग्रेसका उम्मेदवारलाई जिताउन हरेक टोलटोलमा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे । प्रतिनिधि सभा क्षेत्र नं. १ उम्मेदवारको आकंक्षी समेत रहेका पौडेलले मुलुकको समृद्धिका लागि काँग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए । उनले निर्वाचनमा जसले टिकट ल्याए पनि जिताउनका निम्ती सवै नेता कार्यकर्ता लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश स्वास्थ्य विभागका उपसंयोजक डा. रामबहादुर केसी, ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेश उपाध्यक्ष रामप्रसाद अधिकारी, जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेल, दलित संघका जिल्ला सदस्य शंकर परियार, क्षेत्रीय प्रतिनिधि पदमबहादुर खत्री, नेविसंघका पुर्व क्षेत्रीय सचिव मुकुन्द शर्मा, टोल संयोजक तिलकबहादुर रोका लगायतले बोलेका थिए ।
कार्यक्रममा हालै क्षेत्र नं. १ को आमन्त्रीत क्षेत्रीय समितिमा मनोनित भवानी प्रसाद रिजाल, प्रदेश सदस्यमा मनोनित भोलानाथ रिजाल र वडा कोषाध्यक्ष कृष्ण कुँवरलाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा वडा सभापती चन्द्रबहादुर खत्रीको अध्यक्षता, उपसभापति एकनाथ रेग्मीको स्वागत र प्रदेश महाधिवेशन प्रतिनिधि राधिका कुँवरको संचालनमा सम्पन्न भएको थियो ।