बागलुङ -प्रेस चौतारी नेपाल बागलुङ शाखाको अध्यक्षमा नविन शिशिर वि.क निर्वाचित भएका छन । मंगलबार भएको छैठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा शिशिर सर्वसम्मत निर्वाचित भएका हुन । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका उपाध्यक्ष समेत रहेका शिशिर गोरखापत्र दैनिकमा कार्यरत छन । समितिको उपाध्यक्षमा सिर्जना पन्त, झरना कंडेल सचिवमा कमल पौडेल, सह–सचिवमा अर्जुन कार्की, हेम विक र कोषाध्यक्षमा खेमराज गौतम (सुवास) निर्वाचित भएको निर्वाचन अधिकृत राम शर्माले जानकारी दिए ।
समितिको सदस्यहरुमा राम खत्री, साधना पन्त, दिवाकर उपाध्याय, रोहन जिसी, सचदेव क्षेत्री, अनिष पाठक, विक्रम पौडेल, मनकुमारी केसी, कृषिता अधिकारी, मनिषा शर्मा, जिवन पाण्डे र शिव बोहोरा रहेका छन । अधिवेशनले निवर्तमान अध्यक्ष उमाकान्त शर्मा र केन्द्रीय सदस्य तारानाथ आचार्यलाई चौतारीको आगामी केन्द्रीय अधिवेशनमा पदाधिकारी वा सदस्यमा र बालकृष्ण सुवेदीलाई प्रदेश समितिमा सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शिशिर आफ्नो प्रतिक्रिया दिँदै जिल्ला व्यवसायीक पत्रकारितालाई जोड दिँदै चौतारीलाई प्रगतिशिल पत्रकारहरुको नेतृत्वदायी संगठनको रुपमा निर्माण गर्ने बतए । उनले सवै पत्रकारहरुलाई एकिकृत गरेर पत्रकारिताको विकास र समृद्धिका लागि अगुवाई गर्ने र आर्थिक समृद्धि सहितको पत्रकारितामा जोड दिने प्रतिवद्धता व्यक्त गरे । अधिवेशनको नेकपा एमोलको पोलिटव्यरो सदस्य लिलबहादुर थापाले उदघाट्न गरेका थिए ।