देउवाले आफूनिकटलाई निवासमा बोलाए

  • पुस २७, २०८२

काठमाडौँ !  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् । काठमाडौँको भृकुटीमण्डप विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिए ।


‘सभापतिले निकटका केही नेतालाई निवासमा बोलाउनु भएको छ,’ती नेताले भने, ‘पार्टीको पछिल्लो गतिविधिबारे छलफल गर्ने भनेर खबर आएको छ ।’

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक भने केही समयअघि नै देउवा निवास पुगेका थिए । देउवा र दुई नेताबीच छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि बोलाइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय