नेपाली काँग्रेस ढोरपाटन नगरको नयाँ कार्यसमिति पदस्थापन तथा पूर्व सभापति र जेष्ठ सदस्यलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा तथा नगरको १४ औँ महाधिवेशन सम्पन्न भइसकेको सन्दर्भमा निर्वाचित पदाधिकारीको पदस्थापना सहित पूर्व नगर तथा वडा सभापति र पार्टीका जेष्ठ सदस्यलाई सम्मान गरीएको हो ।
निर्वाचित वर्तमान सभापति धन बहादुर कायतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ का सभापति दोर्णकुमार कुँवरको प्रमुख आतिथ्यता, महाधिवेशन प्रतिनिधी जित शेरचन, अर्जुन शेरचन, सोम पौवी, सागर छन्त्याल लगायत महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति पदादिकारी, वडा/नगर समिति पदादिकारी लगायतको आतिथ्यता रहेको आयोजित कार्यक्रममा नव निर्वाचित वडा सभापति र नगर समितिका पदादिकारीलाई पदस्थापनसँगै निर्वाचित पदादिकारीद्वारा नेपाली काँग्रेसका जेष्ठ सदस्य हर्क बहादुर गुरुङ लगायत निवर्तमान नगर तथा वडा सभापतिलाई खादा ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको नगर सभापति धनबहादुर कायतले बताए ।
आयोजित कार्यक्रमका अवसरमा नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्णकुमार कुवँरले बोल्दै स्थानीय तहलाई लक्षित गर्दै पार्टी सँगठन विस्तार कार्यक्रम, हरेक घर काँग्रेस अभियान सञ्चालन गर्ने अभियानमा अगाडि बढ्ने बताए । कार्यक्रम सचिव टिकाराम पाण्डेको सञ्चालमा सम्पन्न भएको थियो । त्यसैगरी नेपाली काँग्रेस ढोरपाटन नगर कमिटीको आयोजनामा ढोरपाटन नगरपालिका २ तारिखेतका बाढी पीडित ६ परिवारलाई खाद्यान्न र खाना पकाउने ग्याँस सेट हस्तान्त्रण गरिएको छ ।
बाढीले आफु बस्दै आएको घर पूर्ण क्षति भएसँगै खाद्यान्न, लत्ता कपडा, लगायतका सम्पूर्ण सामान नस्ट भएसँगै समस्यामा परेका परिवारलाई एक/एक बोरा चामल सहित खाना पकाउने ग्याँस सेट हस्तान्त्रण गरिएको काँग्रेसले जनाएको छ ।