चाडपर्वको समयमा १० प्रतिशत गाडी भाडा छुट

  • असोज १२, २०७९

बागलुङ-  बागलुङ नगरपालिका भित्र संचालन हुने यातायातका साधनले चाडपर्वको अवसरमा १० प्रतिशत गाडी भाडा छुन दिने भएका छन । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सवारीसँग सम्बन्ध सरोकारवाला सहितको बैठकले दशै तिहारको अवसरमा गाडी भाडामा छुट दिने निर्णय गरेका छन । चाडपर्वलाई लक्षित गरी बागलुङ नगरपालिका क्षेत्रमा संचालन हुने सवारी साधनहरुको मौजुदा भाडा दरमा १० प्रतिशत छुट गर्ने सहमती भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिइ । पछिल्लो समयमा ग्रामिण भेगमा संचालन हुने यातायातका साधनहरुले चर्को भाडा असुल गरेको भन्ने गुनासो समेत आएको थियो । चाडपर्वको अवसर यात्रा गर्न सहज होस भन्ने उद्देश्यले भाडा छुट गर्ने निर्णय गरिएको सापकोटाले बताए ।  नगरपालिकाले संयोजन गरेर हाल लिई आएको भाडामा छुट गर्ने र चाडपर्व पश्चात भाडा संयोजन गर्ने बताएको छ । 

May be an illustration of text that says 'सम्पूर्ण यातुापजरेमा सुचना। बागलुड नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा मिति २०७९/०६/१२ गतेका दिन विभिन्न सवारीसंग सम्वन्ध सरोकारवाला सहितको उपस्थितिमा बसेको बैठकले नजिकिदै आएको दशै तिहार लगाएतका चाडपर्वलाई लक्षित गरी बागलुड नगरपालिका क्षेत्रमा संचालन हुने सवारी साधनहरुको मौजुदा भाडा दरमा ૧০ प्रतिशत छुट गर्ने सहमति गरेकोले सम्पूर्ण यात्रु वर्गहरुलाई यसै सुचनाद्वारा जानकारीको लागि अनुरोध गरिन्छ बागलुड नगरपालिका नगरकार्यपालिकाको कार्यालय, बागलुड'
 

प्रतिक्रिया