अमर रह्यौ बीपी  तिमी (कविता)

  • साउन ६, २०८३

शकुन्तला शर्मा - नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य 
अमर रह्यौ बीपी  तिमी 
समाजवादको चिन्तनमा 
लडिरह्यौ जिबनभर 
नागरिकको हक अधिकारमा 
हिमाल झै अटल थियौ 
राष्ट्रियताको भावमा 
मेलमिलापको नीति लियौ 
नेपाल र नेपालीको हितमा ।।

थुन्न खोजियो तिम्रो आवाजलाई 
बन्दी गराइयो ती प्रगतिशील पाइलाहरु 
रोक्न खोजियो अभिव्यक्ती स्वतन्त्रता 
सर्वस्व हरण सहित गरियो देश निकाला 
तर तिमी त हिटलर र यहुदीमा बोल्यौ 
दोषी चस्मा र मोदिआइनमा  पनि बोल्यौ 
बोल्यौ जेलजर्नल र आत्मवृतान्तहरुमा 
अनि बोल्यौ हरेक नेपालीको ढुकढुकिमा ।।

अमर रह्यौ बीपी  तिमी 
प्रजातान्त्रिक समाजवादमा 
जसको जोत उसको पोत 
अनि किसान मजदुरका हक अधिकारमा 
संविधानभन्दा पहिल्यै 
मुलुकलाई ढाल्यौ समावेशिकरणमा 
महामन्त्रीमा धनमान सिह परियार र 
द्वारिका देवीलाइ मन्त्रीमण्डलमा ।।

अमर रह्यौ बीपी  तिमी 
लोकतान्त्रका कणकणमा 
रैतीबाट मालिक बनेका 
नेपालीको मार्गदर्शकको रूपमा 
त्याग , निष्ठा , साहस र सत्यका प्रतीक तिमी 
बाचिरहनेछौ सधैं स्वर्णिम इतिहासमा  स्वतन्त्रताको स्वासमा तिम्रो सुगन्ध छ
लोकतान्त्रको दिपमा तिम्रो संघर्ष छ 
त्यसैले  अजर रह्यौ बीपी  तिमी 
अमर रह्यौ बीपी  तिमी ।।
    ( २०८३/०४/०६ )

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय