मतदातालाई धन्यबाद दिन गाउँ पसे निर्वाचित जनप्रतिनिधि

  • जेठ ७, २०७९

गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए पश्चात जिल्लाका सवै स्थानिय तहको नतिजा पनि सार्वजनिक भै सकेको छ । विजयी प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष र अन्य जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसको छन । केही स्थानिय तह प्रमुखले पदबहाली गरिसकेका छन । पदबहाली गरे सँगै जिल्लाको बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का सहित विजयी जनप्रतिनिधिले यतिबेला मतदातालाई धन्यबाद दिने कार्यक्रम तिब्र बनाएका छन । 
    श्रेष्ठ र खड्काले शनिबार बागलुङ नगरपालिका–५ मालिका, वडा नं. ६ र वडा नं. ७ मा पुगेर मतदातालाई धन्यबाद दिएका छन । विजयी प्रमुख उपप्रमुखलाई मतदाताले बधाई तथा स्वागत गरेका छन भने प्रमुख उपप्रमुख सँग अन्तरक्रिया समेत गरेका छन ।      मतदातालाई धन्यबाद दिँदै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आफुहरु सधै जनताकै काममा अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले जनताका आवश्यकता अनुसारका योजना निर्माण गरेर बागलुङ नगरपालिकालाई विकास र समृद्धिको नगरपालिकाको रुपमा स्थापित गर्ने बताए । 
बानपा–५, ६ र ७ गठबन्धनका उम्मेदवारहरुले पराजय भोग्नु परे पनि विजयी उम्मेदवार सँग सहकार्य गरेर यहाँको विकासका लागि आफु लाग्ने प्रविद्धता व्यक्त गरे । ‘हामी जनताको सेवक बन्न आएका हौं । हजुरहरुकै सेवा गर्ने छौं श्रेष्ठले भने,– सवै जनताको मतको उच्च कदर गर्दै सोही अनुसार काम गर्ने छौं बागलुङ नगरलाई समुन्नत र समृद्धि नगरपालिकाको रुपमा स्थापित गर्ने छौं ।’ उनले जनताको आवश्यकतालाई हरेर वडा तहबाट निर्णय गरी आएका योजनालाई क्रमागत रुपमा अगाडी बढाउने बताए । श्रेष्ठले हरेक वर्गको उथ्थानका लागि आगामी निति तथा कार्यक्रममा समावेश गरेर अगाडी बढ्ने बताए । 
कार्यक्रममा उपप्रमुख राजु खड्को नगरपालिकाबाट संचालन हुने सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने बताए । उनले नगरक्षेत्र भित्र सम्पन्न हुने हरेक योजनाको निरन्तर स्थलगत अनुगमन गरी कामलाई प्रभावकारी बनाउने बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका  बागलुङ नगर सभापति उमाकान्त शर्मा बाबु, गण्डकी प्रदेशका आमन्त्रीत सदस्य तेजबहादुर कुँवर सन्तोष, नेकपा माओबादी केन्द्रका बागलुङ नगर इन्चार्ज यज्ञबल्लब शर्मा  काँग्रेस महाधिवेशन प्रतिनिधि कमला पराजुली लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बानपा ५ का सभापति एवं वडा अध्यक्षका उम्मेदवार फुलप्रसाद सापकोटा, वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार टेकबहादुर थापा, र वडा नं. ७ का वडा अध्यक्षका उम्मेदवार दिलिप कुमार पन्तले पनि मतदातालाई धन्यबाद दिँदै आफुहरु विजयी हुन नसकेपनि विजयी उम्मेदवार र प्रमुख उपप्रमुखले वडा तहको विकास गर्नेमा विश्वस्त रहेको बताएका थिए । 
 

प्रतिक्रिया