बागलुङ- गलकोट नगरपालिकामा चट्याङ्ग पर्दा ३ जना स्थानिय सामान्य घाईते भएका छन् । गलकोट नगरपालिका वडा नम्वर २ मसारमा आईतबार दिउँसो करिव ४ बजेर २० मिनेट जादा भिम बहादुर दर्जिको घरमा चट्याङ्ग पर्दा उनकी श्रीमती ६१ वर्षिय मनि दर्जी सामान्य घाईते भएकी छन । त्यस्तै स्थानिय ६३ वर्षिय भक्त बहादुर नेपाली र ३३ वर्षिय चमेली परियार समेत सामान्य घाईते भएकी हुन ।
घाईतेहरुको टाउको, खुट्टा, हात लगायतमा चोट लागेको जनाईएको छ । घाईतेहरुको अहिले ईमर्जेन्सी पोलिक्लिनीक हटियामा उपचार भईरहेको गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले जानकारी दिए । त्यस्तै भिम बहादुर दर्जिको घरमा चट्याङ्गले आंशिक क्षती पुयाएको छ । चट्याङ्ग पर्दा विकको एउटा बाख्रा मरेको र घरमा विद्युत्को मिटर बक्स, टारहरु जलेको भण्डारीले वताए ।
घटना घटे लगत्तै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, स्थानिय लगायतको टोली घटनास्थलमा पुगि घटनाको अवस्थाको बारेमा बुझ्ने र घाईतेलाई तत्काल अस्पताल पुयाउने काम भएको थियो ।