बागलुङ १ मा प्रलोपाका उम्मेदवार चित्र सापकोटाले आफ्नो उम्मेदवारी निस्कृय बनाए

  • फाल्गुण १८, २०८२

बागलुङ-  निर्वाचनको दिन आउन तिन दिन मात्र नजिक रहँदा बागलुङ क्षेत्र नम्बर एकमा प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का उम्मेदवारले आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन । उम्मेदवार चित्र प्रसाद सापकोटाले आफ्नो उम्मेदवारी निष्क्रिय एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन । निर्वाचनको मौन अवधि सुर हुनु केही घण्टा अगाडी सापकोटाले आफ्नो उम्मेदवारी निस्कृय बनाएको जानकारी गराएका छन । 

चुनावी प्रचार–प्रसारको क्रममा मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फका उम्मेदवार चित्र प्रसाद सापकोटाको उम्मेदवारी निष्क्रिय गरिएको बताउदै समानुपातिकतर्फ भने पार्टीको चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्न विज्ञप्ती मार्फत जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण शर्माले जानकारी दिएका छन । 

पार्टीले लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन तथा समृद्ध राष्ट्र निर्माणका लागि मतदातालाई आफ्नो विवेक प्रयोग गरी मतदान गर्न अपिल गरेका छन । 

 

प्रतिक्रिया

प्रतिक्रिया