• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

बागलुङका चारवटै प्रदेशमा काँग्रेसको सानदार जित

  • मङ्सिर ७, २०७९

बागलुङ - गत आईतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक बागलुङका सबै क्षेत्रमा हार बेहोर्नु परेको काँग्रेस यस पटक नेकपा एमालेलाई बदला लिएको छ । 
बागलुङ क्षेत्र नं.–१ (१) मा नेपाली काँग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई १४७९ मतान्तरले पराजित गरेका छन । थापाले १३ हजार ८८४ मत ल्याउनु भएको छ भने केसीले १२ हजार ४०५ मत ल्याएका छन । थापा नेपाली काँग्रेस बागलुङका पुर्व पार्टी सभापति हुन भने २०७४ को प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका इन्द्रलाल सापकोटा सँग पराजय भोगेका थिए । थापा सँगै प्रतिस्प्रध्री रहेको राप्रपा नेपालकाका डिल्ली प्रसाद आचार्यले १ हजार ४५०  सामाजिक एकता पार्टीका भक्तबहादुर विकले ३०७ र स्वतन्त्र उम्मेदवार दिपेन्द्र हमालले १४७ मत प्राप्त गरेको छन । 
बागलुङ १ (२) मा कांग्रेसका युवा नेता डिल्लीराम सुवेदी विजयी भएका छन ।  सुवेदीले एमालेका नवराज पौडेललाई ६ हजार ७५ मतान्तरले पराजित गरेका छन ।  सुवेदीले १३ हजार ३२७ ल्याउँदा पौडेलले सात हजार २५२ मत ल्याएका हुन । सुवेदी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन । नेपाल विद्यार्थी संघको राजनिति देखी खरिएर आएका सुवेदी युवा माझ निकै लोकप्रिय रहेका थिए । 
पौडेल स्थानीय तहको निर्वाचनमा कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । उनि कांग्रेस बागलुङको निवर्तमान सचिव समेत रहेका थिए । यस क्षेत्रमा प्रतिस्पर्धी रहेका राप्रपा नेपालका गोविन्द सापकोटाले ६३०  र नेशनल अर्गनाईजेशनका सहविर थापाले २५५ मत प्राप्त गरेका छन । 
बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भएका छन । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हनु । शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरेका थिए । घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए । शेरचन काँग्रेस बागलुङका सभापति हुन । उनि यस अघिको प्रदेश सभाको निर्वाचन र उपनिर्वाचनमा बागलुङ क्षेत्र नं. २ प्रदेश (२) बाट उम्मेदवार भएका थिए । दुवै निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले पराजय गराएका थिए । यस पटक भने शेरचन आफ्नो क्षेत्र छाडेर क्षेत्र नं. १ प्रदेश (१) मा उम्मेदवार भएका थिए । 
बागलुङ–२ (२) मा कांग्रेसकै दोर्ण कुमार कुँवर विजयी हुनु भएका छन । कुँवरले एमालेका लक्ष्मण पुनलाई ३७३७ मतान्तरले पराजित पारेका हुन । कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले आठ हजार ६७१ मत ल्याएका छन । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका प्रदेश सभा क्षेत्रमा चार वटै काँग्रेसको भागमा परेको थियो । बागलुङका दुई वटा प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा माओबादीका देवेन्द्र पौडेल रहेका छन । केसी र पौडेलको पनि जित सुनिश्चित रहेको छ । 
 

प्रतिक्रिया