जोमसोम— हिमाली जिल्ला मुस्ताङमा हिउँ चितुवा र आहारा प्रजातीको सर्वेक्षण सुरु गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना ईलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले मुस्ताङका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातीको सर्वेक्षण सुरु गरेको जनाएको छ ।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्रको उच्चलेंक,खर्क,पाटन र जंगल लगायतमा हिउँ चितुवा र आहारा प्रजातीको सर्वेक्षण तथा हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ गतिविधि पत्ता लगाउँन हिउँ चितुवा र आहारा प्रजातीको क्यामेरा ट्यापिङ सुरु गरिएको बताए। यसकार्यका लागि मुस्ताङका तीन पालिकामा ३२ वटा क्यामेरा व्यवस्थापन गरिएको कार्यालय प्रमुख गुप्तले उल्लेख गरे ।
समून्द्री सतहको तीन हजार मिटर उचाईदेखि चार हजार छ सय मिटरको उचाई सम्म हिउँ चितुवा र आहारा प्रजातीको सम्भावित बासस्थान क्षेत्रमा सर्वेक्षणका लागि क्यामेरा राखिएको हो । एक्यापले राखेको क्यामेरा मार्फत हिउँ चितुवा लगायत अन्य बन्यजन्तुको गतिविधि क्यामेराले रेकर्डमा राख्ने सुविधा रहेको कार्यालय प्रमुख गुप्तको भनाई छ । क्यामेरामा वन्यजन्तुको श्रव्ददृष्य रेकर्ड राख्ने प्रविधि भएकाले हिउँ चितुवा र आहारा प्रजातीको सर्वेक्षणमा सहज हुने कार्यालय प्रमुख गुप्तले जनाए ।
एक्यापले म्याग्दी र मुस्ताङको सिमाना घाँसादेखि साङ्ता हुँदै मुक्तिनाथ,झोङ, लुप्रा,छुसाङ,समर ,तेताङ ,जोमसोम लेंक र मार्फाको बतासे लेंक लगायतको उच्चस्थानमा हिउँ चितुवा र आहारा प्रजातीको संरक्षेण तथा अनुगमन गर्न क्यामेरा ट्यापिङ सुरु गरेको एक्याप जोमसोमका बन रेञ्जर दिपक ओलीले जानकारी दिनुभयो । एक्यापले मुस्ताङका तीन पालिकामा हिउँ चितुवा र आहारा प्रजातीको संर्वेक्षणका लागि ४५ दिनसम्म क्यामेरा ट्यापिङ गर्ने गरी व्यवस्थापन गरेको बन रेञ्जर ओलीको भनाई छ । यसरी सर्वेक्षणका लागि राखिएका क्यामेरा पाँच किलोमिटरको दुरीमा राखिएको उनले बताए ।
एक्याप जोमसोमले यसपटक हिउँ चितुवाको सर्वेक्षणका अलवा आहार प्रजाती र हिउँ चितुवा र चितुवाको ओभर ल्यापिङ क्रसलाई समेत क्यामेरा ट्यापिङ मार्फत अध्ययन गर्ने जनाएको छ । ‘हिउँ चितुवा र चितुवाको बासस्थान खप्टिएको छकी छैन, हिउँ चितुवा कति तलसम्म झर्ने गरेको छ र चितुवाको कति माथिल्लो उचाईसम्म पुग्ने गरेको छ , त्यसको विवरण क्यामेरा ट्यापिङबाट अध्ययन गरिनेछ’, बन रेञ्जर ओलीले भने ।
क्यामेरा ट्यापिङ मार्फत आहार प्रजातीको अवस्था कस्तो छ त्यसको विस्तृत अध्ययन हुने बन रेञ्जर ओलीले उल्लेख गर्नुभयो । यसका साथै हिउँ चितुवाको दिशा संकलन गरी ल्याब परीक्षण गरी हिउँ चितुवाको वास्तविक तथ्य पत्ता लगाईने बन रेञ्जर ओलीको भनाई छ ।
एक्यापले गतवर्ष उपल्लो मुस्ताङ र तल्लो मुस्ताङमा हिउँ चितुवा सर्वेक्षणका लागि दर्जनौ क्यामेरा राखेर ट्यापिङ गरेको थियो । तल्लो मुस्ताङमा गत वर्ष आशिंक क्यामेरा ट्यापिङ गरिएकाले यसवर्ष विस्तृत तरिकाले समेट्ने गरी ट्यापिङ सुरु गरिएको एक्याप जोमसोमको भनाई छ ।
एक्यापले यसरी हिउँ चितुवा तथा अन्य वन्यजन्तुको गतिविधिलाई सर्वेक्षण गर्न राखिएका क्यामेराको माध्यमबाट मुस्ताङका उच्चलेंक,खर्क र पाटनमा हुने सम्भावित वन्यजन्तुको चोरी शिकारी नियन्त्रणमा समेत योगदान पु¥याउने एक्यापको भनाई छ । मुस्ताङका उच्चलेंक तथा पाटनमा यार्सा टिप्ने सिजन सुरु भएकाले उच्चलेंक तथा पाटनमा हुने अवान्छित गतिविधिलाई क्यामेरा ट्यापिङले ठुलो सघाउँ पु¥याउने जनाईएको छ ।
एक्याप जोमसोमले सुरु गरेको हिउँ चितुवा र आहारा प्रजातीको सर्वेक्षणका लागि एक्याप बन रेञ्जर दिपक ओली लगायत अन्य एक्यापका कर्मचारीहरु कार्यस्थलमा खटिएका छन् ।