बागलुङ- बागलुङ जिल्लामा दुई वटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् भने क्षेत्र नं. २ मा रास्वपाकै सोम शर्मा विजयी भएका छन ।
क्षेत्र नं. १ का खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले ४ हजार ५२१ मत पाए । त्यसैगरी प्रलोपाका चित्र सापकोटाले ६० मत प्राप्त गरेका छन भने राप्रपाका कल्याण आचार्यले ५२३ मत प्राप्त गरेका छन । यस क्षेत्रमा अन्य सानादलहरुको पनि उम्मेदवारी दिएका थिए । मंगोल नेशनल अर्गनाईजेशनका गुमाकुमारी बुढा मगरले ४० मत नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विकले २४ मत, नेशनल रिपब्लिक नेपालका सहविर थापाले ४८ मत, श्रम संस्कृती पार्टीका लालबहादुर घर्तिले २५४ मत र नेकपा माओबादीका टेकबहादुर केसी आजादल ८० मत प्राप्त गरेका छन । यस क्षेत्रमा कुल ९८ हजार ४६ मतदातामा ४८ हजार ९३२ मतदाताले मतदान गरेका थिए । यहाँ कुल १ हजार ८७१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुर्ण प्रसाद शर्माले जानकारी दिए ।
क्षेत्र नम्बर २ मा रास्वपाकै उम्मेदवार सोम शर्मा विजयी भएका छन् । शर्माले १२ हजार ६४७ मत ल्याई विजयी भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए । शर्मा र पौडेलको ७७९ मतको अन्तर परेको छ । त्यस्तै नेकपामा ज्ञामनाथ गैरेले १० हजार ७०९, एमालेकी मन्जु शर्माले ७ हजार ८६४ मत पाइन् । यस क्षेत्रमा राप्रपाका अञ्चल शाहीले २४३ मत, प्रलोपाका पदम बहादु कुँवरले ४३ मत, मंगोल नेशनल अर्गनाईजेशनका जुनबहादुर थापा मगरले २१ मत, नेपाल मानवताबादी पार्टीका टेकप्रसाद कामीले ७६ मत, नेशनल रिपब्लिक नेपालका नरबहादुर बुढाले १९७ मत श्रम संस्कृत पार्टीका हर्कबहादुर पुनले ५६४ मत , नेकपमा आबोदीका लोकेन्द्र घिमिरेले ७९ र जनता समाजबादी पार्टीका पूर्णबहादुर घर्ति मगरले ३९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । कुल ९५ हजार ३३५ मतदाता रहेको यस क्षेत्रमा कुल ४७ हजार २०७ मत खसेको थियो । यस क्षेत्रमा २ हजार ५०६ मत बदर भएको रिजालले जानकारी दिए । बागलुङका दुबै क्षेत्र मा नेकपा र राजमोको गठबन्धन भएको थियो ।