पर्यटकीय गन्तव्यको जानकारी क्युआर मार्फत

  • चैत ७, २०८०

बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी क्यूआर कोड मार्फत दिन थालेको छ ।  बागलुङ नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोट देखि भकुण्डेको बराह ताल सहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको छ । मंगलबार एक समारोहका बीच नगरप्रमुख बसन् कुमार श्रेष्ठले बागलुङ कालिका मन्दिर परिसमा कालिका मन्दिरको बारेमा जानकारीदिन राखिएको क्यूआर कोड अनावरण गरेका थिए । 

नगरपालिकाको नक्सा सहित उक्त ११ पर्यटकीय गन्तव्यको पूर्ण जानकारी अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।  खड्काका अनुसार ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ ।  उक्त क्युआर कोड पर्यटकीय स्थलमा टाँस गर्ने र उक्त स्थानको विषयमा डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने छ ।

“थुप्रै पर्यटकीयस्थल बागलुङ नगरपालिका भित्र छन् जसमध्ये नगरपालिकाले पहिलो चरणमा ११ पर्यटकीय तथा धार्मिक गन्तव्यको विषयमा जानकारी दिने डिजिटल माध्यमबाट व्यवस्था मिलाएको छ” उपप्रमुख खड्काले भन्नुभयो “घुम्न आएका पर्यटकहरु उक्त धार्मिक गन्तव्यको विषयमा अनविज्ञ भइरहेको सन्र्दभमा तत्कालीन पर्यटकीयस्थलमा टाँसिएको क्यूआर कोड स्क्यान गरी मार्फत जानकारी लिन सक्नेछन् । जस्कारण धार्मिक तथा पर्यटकीय गन्तव्यको महिमा थप उजागर हुँने छ ।”

यस्तै उक्त धार्मिक स्थलमा पुग्नुभन्दा पहिला उक्त स्थानको नक्सा र जानकारी घरबाटै लिन सक्ने खड्काको भनाई ।  बागलुङ नगरपालिकाले पर्यटन शिर्षकमा बिनियोजन गरेको रु. तीन लाख बजेट मध्ये क्ब्ब्च्ब्ल्न्।ऋइः। ल्ए को सहकार्यमा पर्यटकीय स्थलको जानकारी डिजिटल माध्यमबाट दिन थालिएको हो ।

११ पर्यटकीयस्थलको जानकारी लिनका लागि क्यूआर कोड स्क्यान गर्दासाथ वेबसाईटमा गएर उक्त पर्यटकीय स्थलको विषयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढ्न र सुन्न सकिने छ ।

नगरपालिकाले आगमी वर्ष थप प्राथमिकताका आधारमा पर्यटकीय गन्तव्यको क्यूआर कोड बनाउदै लैजाने जनाएको छ । उक्त कार्यले धार्मिक तथा ऐतिहासिक महत्वको उजागरमा थप सहयोग पुग्ने बताइएको छ । अंग्रेजीमा समेत अनुवाद गरिएकाले पर्यटकीय स्थानको विषयमा विदेशी पर्यटकहरुलाई समेत सहज हुँनेछ ।

बागलुङ नगरपालिकाले कालिका मन्दिरमा क्यूआर कोड टाँसेर पर्यटकीयस्थलको आधुनिक जानकारी दिने तयारी थालिएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । 

“हरेक कुरा डिजिटल बन्न आवश्यक छ, पर्यटकीय स्थलमा किन आउने भन्ने जानकारी पर्यटकहरुलाई समेत हुन आवश्यक छ, उक्त क्यूआर स्क्यान प्रत्येक होटल तथा पर्यटन व्यवसायीहरुले राख्न आवश्यक छ” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “पर्यटकहले महत्वका आधारमा आफै अध्ययन गरेर भ्रमणमा जान सक्नेछन् ।”

बागलुङ नगरपालिकाले धार्मिक तथा पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका मन्दिर, बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट, मालिका, बागलुङ नगरपालिका–८ सिगानाको कोत घर, नगरपालिका–११ को रायडाँडाको बौद्ध गुम्बा, पर्यटकीय गाउँ भुकुण्डेको बराह ताल, कुडुँलेको शालग्राम संग्रहालय, बलेवा भैरवस्थान मन्दिर, मालढुङ्गाको कृष्ण गण्डकी परियोजना, उपल्लाचौरको गौरिधाम शिव मन्दिर र तित्याङको मनकामना मन्दिरको जानकारी डिजिटल माध्यमबाट अध्ययन गर्न सकिने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया