काँग्रेसबाट बागलुङमा भिम श्रीष र टेकराज पौडेल 

  • माघ ५, २०८२

 बागलुङ, - आगामी फागुन २१ गतेका हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बागलुङका दुवै क्षेत्रका लागि आफ्नो उम्मेदवार टुंगाएको छ । बागलुङ क्षेत्र नं. १ मा भिम श्रीष र क्षेत्र नं. २ मा टेकराज पौडेलको उम्मेदवारी टुंगो लगाएको काँग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए  । २०५७ सालमा नेपाल विद्यार्थी संघबाट आफ्नो राजनिति यात्रा सुरु स्ववियु सदस्य भएका श्रीष २०६० सालमा त्रिभुवन विश्वविद्यालयको स्ववियु उपसभापति भए भने २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । श्रीष काँग्रेसको १२ औँ महाधिवेशनबाट निरन्तर महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहेका छन भने हाल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए । काँग्रेसले यस पटक श्रीषलाई उम्मेदवार बनाएसँगै बागलुङ १ मा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । 
काँग्रेसले क्षेत्र नं. २ मा उम्मेदवार बनाएका पौडेल नेपाल विद्यार्थीसंघको सहमहामन्त्री हुँदै काँग्रेसको महाधिवेशन प्रतिनिधि भएर पार्टीको मुल राजनितिमा होमिएका हुन । उनि हाल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । श्रीष र पौडेलको उम्मेदवारी टुंगिएसँगै बागलुङका सवै राजनितिक दलले आफ्नो उम्मेदवार टुंगाएका छन । क्षेत्र नं. १ मा नेकपा एमालेबाट हिराबहादुर केसी नेपाली कम्युनिष्ट पार्टीबाट कृष्ण बहादुर केसी, राष्ट्रिय जनमोर्चाबाट कृष्ण अधिकारी, रास्वपाबाट सुशिल खड्का र उज्यालो नेपाली पार्टीबाट राजेन्द्र शर्मा उम्मेदवार बनेका छन । उज्यालोबाट उम्मेदवारी बनेका शर्मा रास्वपाबाट टिकट नपाए पश्चात यता गएका हुन । 
 त्यसैगरी क्षेत्र नं. २ मा नेकपा एमालेबाट मञ्जुशर्मा चालिसे, नेपाल कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे अनिल, रास्वपाबाट सोम शर्मा उम्मेदवारी रहेका छन । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय