धौलागिरि एफ.एम. २१ बर्षमा प्रवेश

  • कार्तिक २७, २०८१

बागलुङ- धौलागिरि क्षेत्रको पहिलो बिद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८ दशमलव ६ मेगाहर्ज २० बर्ष पुरा गरि २१ बर्षमा प्रवेश गरेको छ ।
२०६१ साल कार्तिक २७ गते साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक स्थापना भएको एफएम बिभिन्न आरोह अवरोह पार गर्दै २० बर्ष पुरा गरि २१ बर्षमा प्रवेश गरेको हो ।
एफएमले २० औ स्थापना दिवस एफएमको स्टुडियो मै प्रत्यक्ष रुपमा मुल समारोह र शुभकामना आदान प्रदान एवँ सुझाव सल्लाह संकलन गरि मनाएको छ । मंगलबार बिहान एफएम स्टुडियो बाटै मुल समारोह र दिउँसो स्थानिय तहका प्रमुख तथा प्रतिनिधी, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिधिनि, बिज्ञापनदाता, स्रोतासंग शुभकामना आदान प्रदान सहित सुझाव सल्लाह संकलन गरेर दिवस मनाइएको एफ.एम.का स्टेशन प्रमुख उमाकान्त शर्माले जानकारी दिए । 
मुल समारोहमा बोल्दै बागलुङ नगरपालिकाका कार्यवहाक नगरप्रमुख राजु खड्काले समय सापेक्षा संचार माध्यम परिवर्तन हुनु पर्नेमा जोड दिए । उनले संचार माध्यम समाजको ऐना भएकाले पनि समाजको यथार्थ गतिविधीलाई छलर्ङ पार्नुपर्ने बताए । 
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले समाज परिवर्तनको अग्रणी भुमिकामा रहेको संचार माध्यमको सवलिकरणका लागि आम सरोकारवालाले ध्यान दिनुपर्ने बताए । समाजमा लुकेर रहेका बिषय बस्तुलाई तथ्यपरक रुपमा प्रस्तुत गर्नु नै सँचार माध्यमको धर्म भएको उहाँको भनाई थियो ।
यसैगरि नेपाल पत्रकार महासंघ बागलुङ तथा उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले पछिल्लो समय बिभिन्न कारणले संचार माध्यम बन्द हुने अवस्था र संचार माध्यममा कार्यरत पत्रकार एवँ संचारकर्मीहरु पलायन हुने अवस्थालाई चिन्तन मनन गरेका थिए । ।
सो अवसरमा प्रत्येक बर्ष कर्मचारी मध्यबाट गरिने सम्मान यस बर्ष प्राविधीक तथा प्रस्तोता लक्ष्मी परियारलाई गरिएको थियो । कार्यक्रम एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागत र सम्पादक ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया