बागलुङमा कोरोना संक्रमण घट्दै गएपछि बन्द भएको गण्डकी प्रदेशकै उत्कृष्ट ऐतिहासिक धार्मिक पर्यटकिय गन्तव्य बागलुङ कालिका भगवती मन्दिर सोमबार देखी खुल्ला भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ २८ गते देखि बागलुङ कालिका भगवती मन्दिर खोल्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले गएको चैतेदशैको दिनपछि मन्दिर बन्द गरेको थियो । मन्दिरमा साबिक धौलागिरीबाट मात्र नभई देशका बिभिन्न जिल्लाबाट समेत भक्तजन आउने गर्दछन् । दसैं र चैते दसैंमा बागलुङ कालिका मन्दिरमा हजारौँ भक्तजन घुईचोनै लाग्ने गरेको छ । मन्दिर प्रवेश गर्दा नेपाल सरकारले जारी गरेको स्वाथ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।