नेपाल निजामती कर्मचारी युनियन बागलुङको अध्यक्षमा पुनः देव शर्मा आचार्य चयन भएका छन । शनिबार भएको आठौं जिल्ला अधिवेशनबाट आचार्य पुन अध्यक्षमा चयन भएका हुन । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङमा लेखा अधिकृतको रुपमा कार्यरत आचार्य दोस्रो पटक जिल्ला अध्यक्षमा चयन भएका हुन ।
जिल्ला समितिको उपाध्यक्षमा शिव शर्मा, जोकबहादुर घर्ति सचिवमा नारायण पौडेल, सह–सचिवमा मोहन कुमार केसी र कोषाध्यक्षमा हिमाल पौडेल चयन भएको निर्वाचन समितिका संयोजक खेम प्रसाद आचार्यले जानकारी दिए । समितिको सदस्यहरुमा विनाराम डांगी, शशिधर रिजाल, बलराम अधिकारी, रमाकान्त पौडेल, गौरव राना मगर, मिलन श्रीस राना गिता देवि शर्मा रेग्मी र गिता शर्मा रहेका छन ।
अधिवेशनले पाँच जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ । जसमा दुर्गा प्रसाद शर्मा, महेन्द्र पौडेल, दयाराम शर्मा, आनन्द प्रसाद शर्मा र देवप्रकाश घिमिरे रहेको आचार्यले जानकारी दिए । अधिवेशनको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पोखरेलले गरेका थिए ।