एसईईमा सामुदायिक विद्यालय तर्फ गणेश माविका दुई विद्यार्थी उत्कृष्ट

  • असार १८, २०८२

बागलुङ- माध्यामिक शिक्षा परिक्षा एसईईमा सामुदायिक विद्यालय तर्फ बागलुङमा गणेश माध्यामिक विद्यालयका दुई विद्यार्थीले उत्कृष्ट जिपिए ल्याएका छन ।   बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको यस विद्यालयमा अध्ययनरत विद्यार्थी करिना पुन र दिप बहादुर श्रेष्ठले उत्कृष्ट जिपिए ल्याएका छन । पुनले ३.९२ जिपिए र श्रेष्ठले ३.९० जिपिए प्राप्त गरेर बागलुङ नगरपालिकामा नै उत्कृष्ट जिपिए ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक एकनाथ रिजालले जानकारी दिए । रिजालका अनुसार हाल सम्म जिल्लामा सामुदायिक विद्यालय तर्फ सवै भन्दा बढि जिपिए ल्याउने विद्यार्थी पुन र श्रेष्ठ नै रहेका छन ।
विद्यालयबाट यस वर्ष कुल ६७ जना विद्यार्थी एसईईमा सहभागी थिए । बागलुङ नगरपालिकामा सामुदायिक विद्यालयत तर्फ तर्फ सत प्रतिशत विद्यार्थी उत्तिर्ण हुने ५ वटा विद्यालय रहेका छन । जसमा चौतारेडाँडा मावि भकुण्डे, लहरेपिपल मावि, कुँडुले मावि विश्वकर्मा मावि कालिमाटी र मुक्तिनाथ वेदविश्राम रहेको बागलुङ नगरपालिकाका नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए । 
संस्थागत तर्फ चिल्ड्रेनलाईफ बोडिङ स्कुलबाट एसईईमा सहभागी चार जना विद्यार्थी  अमर आदर्श बोडिङ स्कुलका १ जना र आर्दश विद्या मन्दिरका ३ जना गरी कुल ८ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेर उत्कृष्ट भएका छन । चिल्डेन लाईफका रक्षा शर्मा, ममता गौतम, मनिता थापा, सरिता छन्त्याल, आर्दश विद्यामन्दिरका शुसान्त पौडेल, सुस्मिता पौडेल शुवोध पौडेल र अमर आदर्शका निहारिक केसीले ३.९६ जिपिए ल्याएको नगरशिक्षा अधिकारी पोखरेलले बताए । 
बागलुङ नगरपालिकामा कुल ९८१ जना विद्यार्थी सहभागी रहेका थिए । जसमा ३.६ देखी ४ जिपिए ल्याउने ३०४ जना, ३.२ देखी ३.६ जिपिए ल्याउने ३०१ जना, २.८ देखी ३.२ जिपिए ल्याउने १८७ जना २.४ देख ३.२ जिपिए ल्याउने ५० जना २ देखी २.४ जिपिए ल्याउने ५ जना र १.६ देखी २ जिपिए ल्याउने तिन जना गरी कुल ८५० जना विद्यार्थी ग्रेटेड भएका छन । नगरपालिका अनुसार यस वर्ष अघिल्लो वर्ष भन्दा राम्रो नतिजा आएको छ । 

 

प्रतिक्रिया