नारायण रिजाल, बागलुङ । वि.स. २०५६ साल माघमा चन्द्रदत्त रेग्मी रोजगारीका लागि बेलायत गए । बेलायत गएको तिन वर्ष सम्म परिवार सँग नियमित सम्पर्कमा थिए । बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ बर्षिय चन्द्रदत्त समय समयमा घरपरिवारलाई पैसा पठाउँथे । बाबुको मृत्यु पछि विदेशिएका चन्द्रदत्तको घरमा आमा र दाजुभाउजुहरु दिए । उबेलामा घर घरमा मोबाईल फोन थिएन । उनि विस्तारै परिवारको सम्पर्कबाट बाहिरँदै गए । बेलायत गएपछि टन्न धन सम्पत्ती कमाउने आफ्नो घरजम गर्ने र आमा सँगै परिवारलाइै उतै लाने सपना देखेका चन्द्रदत्तको बेलायती पिआर बन्न सकेन । जब पिआर बनेन उनमा बेचैन पलायो अनि परिवारको सम्पर्कबाट बाहिरिए ।
दश वर्ष बेलायतमै बसेका उनि २०६७ साल पछि परिवारको सम्पर्कमा आएन । परिवारमा कहाँ के छ खोजी निति भयो । तर कतै भेटाउन सकिएन । घर छाडेको २४ वर्ष पछि बेपत्ता भएका चन्द्रदत्त शनिबार मात्रै घर फर्किएका छन । चन्द्रदत्त घर फकिए सँगै ८७ बर्षिया आमा चिरिञ्जीवी रेग्मी र परिवारमा खुशी छाएको छ । घरको कान्छो छोरा बुढेसकालको साहारा सम्पर्कमा आउँदा चिरिञ्जीवीको आँखामा हर्षका आँशु बर्षिएका छन । ‘म सानो छँदा मलाई हजुर आमाले कान्छो काका हुनुहुन्छ भन्नुहुन्थ्यो । उहाँ विदेश गएको र उतै हराएको कुरा सुन्दा मलाई त्यो कथा जस्तै लाग्थ्यो, चन्द्रदत्तका भतिज अशोक रेग्मीले भने,–‘हजुर आमाका कुरा सुनेपछि मेरो मनमा काका कहाँ हुनुहुन्छ भन्ने कौतुहलता जाग्थ्यो, मैले आकाशमा हवाईजहाज उड्दा काकालाई ल्याईदे भन्ने गर्थै रे । म २२ वर्षको भए मेरो काकालाई न देख्न नै पाएको थिए न कहाँ हुनुहुन्छ भन्ने खबर तर घर छाडेको २४ वर्षमा उहाँलाई आफै सम्पर्कमा ल्याएर घर लिएर आएको छु ।’
२०६८ सालमा नेपाल आए तर परिवारको सम्पर्कमा आएनन्
बेलायतमा पिआर नबनेपछि २०६८ सालमा नै उनि नेपाल आएको खुलेको छ । ‘काकालाई विदेशमा हुँदा सानो दुर्घटनामा पर्नुभएछ त्यहाँ कार्ड बनेन कमाई पनि हुन नसकेपछि नेपालमै भए पनि थोरै धेरै कमाएर घर लैजान्छु भन्ने सोच पलाएर काम गर्न थाल्नुभएछ । काठमाण्डौ सँगै हेटौडा, सल्यान, प्युठान लगायतका विभिन्न ठाउँमा कामका लागि जानुभएको रैछ,–‘अशोकले भने, १२ वर्ष सम्म नेपालमा पनि केही गर्न नसकेपछि उहाँमा घर फर्किने सोच पलायो ।
आशा मारेको भाई फर्किएर आयो
काठमाण्डौ अलपत्र अवस्थामा घुमिरहेको बेला हेटौडाको थाहा नगरपालिका वडा नं. १ का जनप्रतिनिधि सरोज प्रधानले भेटेर उनि परिवारको सम्पर्कमा आएको चन्द्रदत्तका दाजु लेखनाथ शर्मा बताउँछन । सरोजलाई चन्द्रदत्तले आफ्नो जन्मघरको ठेगाना बताएपछि उनले बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेललाई फोन सम्पर्क गरेका थिए । वडा अध्यक्ष पौडेलले गाउँमा सोधखोज गर्दा चन्द्रदत्तले भने अनुसारको सवै कुरा मिलेपछि उनलाई थप उद्धार गरी परिवारले काठमाडौबाट घरमा ल्याएका हुन । ‘घर छाडेको २४ वर्षमा भाई घर फर्कियो । १२ वर्ष त हाम्रो कुनै सम्पर्क नै भएन । हाम्रो परिवारलाई भाई जिउँदो छ भन्ने झिनो आशा थियो । लेखनाथले भने,–‘धेरै ठाउँमा बुझौं खोजौं, तर कुनै अत्तो पत्तो भएन । आशा नै मारेर बसेका थियौं । आफुले विदाई गरेर विदेश पठाएको भाई नफर्किदा यही कुराले पिरोलेको थियो । तर भाई फर्किएर आयो हाम्रो परिवारमा ठुलो खुसी छाएको छ ।’ उनले हराएको भाईलाई घर सम्म ल्याईदिने सवैलाई धन्यबाद दिएका छन ।
कानुन विषयमा स्नातक तह पढेका चन्द्रदत्त बेलायत जानु अगाडी लामो समय काठमाडौमै कानुन व्यसायीको फर्ममा काम गर्ने गर्थे । विदेश जानु भन्दा पहिले विवाह गर्ने सोचमा रहेका चन्द्रदत्त जब संकटमा परे उनमा विवाह गर्ने सोच हरायो । अहिले पनि उनि एक्लै छन । परिवारमा चार भाईका कान्छा उनि अब जिवनभर विहे नगर्ने निधो गरेको बताउँछन । उनले बुढेसकाल लागएको आमाको सेवा गरेर अब गाउँमै केही गरेर बस्ने सोच बनाएको बताएका छन ।
तश्विर सौजन्य अशोक रेग्मी