‘लम्पी स्किन’ रोगबाट बागलुङमा ६१७ गाई भैसी मरे

  • भदौ १६, २०८०

बागलुङ - गाई गोरु र भैसीमा फैलिएको ‘लम्पी स्किन’ रोग संक्रमणका कारण बागलुङमा ६१७ पशु चौपाय मरेका छन ।  भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका अनुसार जिल्लाका दश वटै स्थानिय तहका कुल संक्रमणको ११.४५ प्रतिशत गाई गोरु र भैसीको मरेका छन ।   हाल सम्म जिल्लामा कुल ५ हजार ३ सय ८७ गाई भैसी र गोरुमा संक्रमण देखिएको छ । जसमा २ हजार ७ २८ को रोग निको भै सकेको छ भने बाँकी निको हुने क्रममा रहेका छन । 
    रोग संक्रमण ४८ प्रतिशत गोरु रहेका छन भने २.६३ प्रतिशत भैसी रहेका छन अन्य सवै गाई बाच्छाहरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए । 

 जिल्लामा सवै भन्दा बढि संक्रमणका कारण निसीखोला गाउँपालिकामा १२७ पशुको मरेका छन भने सवै भन्दा कम ताराखोला गाउँपालिकामा २ वटा पशु मरेका छन । संक्रमणदर हेर्दा ढोरपाटन नगरपालिकमा कुल १ हजार ९ सय ३२ रहेको र यसमा १०३ पशु चौपाय मरेको विज्ञ केन्द्रले जनाएको छ । 
भैसी र पाडापाडी भन्दा गाई गोरुमा बढि संक्रमण 
    ‘लम्पी स्किन’ रोगका कारण बागलुङ नगरपालिकामा ३४, तमानखोला गाउँपालिकामा १८, बडिगाड गाउँपालिकामा ३८, गलकोट नगरपालिकामा  २०, बरेङ गाउँपालिकामा  १४ काठेखोला गाउँपालिकामा ४ र जैमिनी नगरपालिकामा ८३ वटा गाई भैसी मरेका छन । भैसी र पाडापाडी भन्दा गाई गोररु बाच्छामा नै संक्रमण बढि रहेको डा सापकोटाले जानकारी दिए । यो रोगको संक्रमण गाई गोरुमा बढि छ, भैसीमा भने कम नै भेटिएको छ डा. सापकोटाले भने,– महामारीको रुपमा रहेको यो रोग न्युनिकरणका लागि केन्द्रले खोप संचालन गरेको छ संक्रमण दर घट्दो क्रममा रहेको छ । 
४ हजार ६६९  पशुलाई खोप लगाईयो
    गत बैशाख १२ गते देखी जिल्लाको बाडिगाड गाउँपालिकाबाट संक्रमण सुरु भएको थियो ।  संक्रमण दर बढ्दै गए पश्चात स्थानिय तह र कृषकहरुको सहकार्यमा यसको विरुद्धको खोप लगाए सँगै पछिल्लो समयमा संक्रमण हुनेको संख्या र मर्नेको संख्या घट्दै गएको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका अधिकृत केशवराज शर्मा पौडेलले बताए । जिल्लामा हाल सम्म ४ हजार ६६९  पशुलाई यसको विरुद्धको खोप प्रदान गरिसकिएको छ । झण्डै ६०  प्रतिशतमा खोपको पहुँच पुगिसकेको पौडेलले बताए । 
तिन करोड बराबरको पशुधनको क्षती
    सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड रुपैयाँ बराबरको  पशुधनमा क्षति पुगेको विज्ञ केन्द्रले जनाएको छ ।  केन्द्रले संकलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाईगोरु र भैसीको करिब ३० देखि ५० हजार र उन्नत जातको गाई भैसीको झण्डै एक लाख रुपैयाँ सम्म मुल्य पर्ने हुँदा हाल सम्मको तथ्याङ्कले झण्डै ३ करोड बराबरको क्षती पुगेको कार्यालय प्रमुख डा. सापकोटाले बताए । लम्पी स्किन रोगको सङ्क्रमण हुँदा गाई भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दाना पानी नखाने, दुहुना गाई भैँसीको दूध घट्ने, शरीरका विभिन्न भागहरूमा गिर्खा आउने र पछि गिर्खाहरू फुटी अल्सर हुने आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको छ । 
अमेरिकन स्वाइन फिबरबाट ४ सय बंगुर मरे
बागलुङ जिल्लामा अमेरिकन स्वाइन फिबरबाट बंगुर मर्ने समस्याले पनि किसानलाई चिन्तित बनाएको छ । बंगुर मरेका कारण किसानहरुले लाखौको क्षती बेहोर्नुपरेको छ । विज्ञ केन्द्रका अनुसार जिल्लामा हाल सम्म १ सय २२ बंगुर मरेको तथ्याङ ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले झण्डै चार सय मरेको बताउँछन ।  किसानले पालेका बंगुरहरु धमाधम मर्न थालेपछि यसको रोकथाम र  किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ  बजेट विनियोजन गरेको कार्यालय प्रमुख सापकोटाले बताए । 
बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बँदेल प्रजातिमा देखा पर्ने भाइरस हो ।  यो सङ्क्रमण भएमा सुँगुर, बंगुर प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिर छाला रातो हुने, शरीरमा बाहिर नीलो धब्बा देखिने, खाना नखानेजस्ता लक्षण देखापर्ने गरेको छ, उच्च मृत्युदर भएको अति खतरनाक महारमारीजन्य सरुवा रोग रहेको पशु चिकित्सकहरु बताउँछन । 
 

प्रतिक्रिया