बागलुङ- आगामी बैशाख ३० गते हुन गै रहेको स्थानिय तहको निर्वाचनका लागि यतिबेला विभिन्न राजनितिक दलहरुमा आकंक्षी बढ्दै गएको छ । जिल्लाको निसीखोला गाउँपालिका अध्यक्षका लागि नेपाली काँग्रेसबाट ८ जनाले आकंक्षा व्यक्त गरेका छन । नेपाली काँग्रेस निसीखोला गाउँपालिकाले ८ जनाको नाम सिफारिस गरेको हो । आउँदो निर्वाचनमा वर्तमान अध्यक्ष तारानाथ पौडेलले पुन दोहोराउने निर्णय गरेका छन । उनि नेपाली काँग्रेस बागलुङको उपसभापति समेत हुन ।
अध्यक्षका काँग्रेस बागलुङका जिल्ला सदस्य एवं निसीखोला गाउँपालिका वडा नं. ७ राजकुटका वडा अध्यक्ष तेजेन्द्र विक्रम कुँवर, जिल्ला सदस्य एवं वडा नं. ५ का वडा अध्यक्ष हर्कमान घर्ति, काँग्रेसका जिल्ला सदस्य विनु कुँवर, लागि काँग्रेसका महाधिवेशन प्रतिनिधि टेकराज पौडेल, प्रतिनिधि सभा क्षेत्र नं २ का क्षेत्रीय सह–सचिव निरन चन्द , निसीखोला गाउँपालिका सभापति सुर्यबहादुर घर्ति, र प्रदेश महाधिवेशन प्रतिनिधि चन्द्रसिंह राम्झालीले दाबी गरेको नेपाली काँग्रेस निसीखोला गाउँपालिकाका सभापति सुर्य बहादुर घर्तिले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष लागि वर्तमान उपाध्यक्ष शोभा कार्की, खिमा गौतम र नरमती घर्तिले आकंक्षा व्यक्त गरेको काँग्रेस निसीखोलाले जनाएको छ ।