नारायण रिजाल - गण्डकी प्रदेशका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा यस अघिको आफ्नै गठबन्धन अहिले संघिय गठबन्धनमा जोडिएको बताए । बागलुङ नगरपालिका—४ मा निर्माण भएको बागलुङ बसपार्कको उद्घाटन गर्दै मुख्य मन्त्रि पाण्डेले संघमा भएको गठबन्धन अनुसार गण्डकीमा पनि सरकार निर्माण भएको बताए । उनले हिजो देखी गण्डकी प्रदेशमा पनि नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनबाट सवै मन्त्रालयले पुर्णता पाएको हुँदा अब स्थिरताको बाटो आगाडी बढेको बताए । ‘देशकै दुई ठुला दलहरुको गठबन्धनले अहिलेका संघ र प्रदेशका सरकार निर्माण भएका छन । अब देशमा राजनितिक स्थिरता हुन्छ, पाण्डेले भने,—‘अस्ति सम्म त मेरो आफ्नै गठबन्धनको सरकार थियो । हिजो देखी नेकपा एमाले पनि सरकारमा सहभागी भएको छ अब दई ठुला दल मिलेर बनेको सरकार स्थायित्व हुनेछ ।’
उनले अब प्रदेश सरकारले आर्थिक गतिविधि विकास निर्माणलाई केन्द्र विन्दुमा राखेर काम गर्ने बताए । पाण्डेले देशमा राजनिति स्थिरताका लागि आवश्यक संविधान संसोधन गर्नुपर्ने हुनाले पनि अहिले नेकपा एमाले र काँग्रेसको गठबन्धन भएको बताए । उनले संविधान संसोधन मार्फत आगामी दिनमा राजनितिक स्थिरता ल्याउन आवश्यक रहेको बताए । पाण्डेले शक्ति पृथकिकरणको सिद्धान्तलाई अबलम्बन गरेता पनि केही स्थानमा न्यायलयले हस्तक्षप बढाएको बताए । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका यि तिन वटै तहको समन्वय आवश्यक रहेको भन्दै पाण्डेले अदालतको हस्तक्षप कम हुनुपर्ने कुरामा जोड दिए । ‘हामी तिन तहको समन्वयकारी भुमिकाबाट काम गर्न खोज्छौं मुख्यमन्त्री पाण्डेले भने तर समन्वय हुँदैन अदालतले हस्तक्षप गर्छ । कर्मचारी सरुवा बढुवामा रोक लगाउँछ सरकारलाई कार्यकारणी अधिकारबाट बञ्चित गराउँछ । ’
पाण्डेले गण्डकी प्रदेशको राजधानी पोखरा लागयतका क्षेत्र पर्यटकिय हवको रुपमा विकास गर्न प्रदेश सरकारले जोड दिएको बताए । पाण्डेले बागलुङ बसपार्क सँग जोडिने पहुँच मार्ग विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।