आफु र आमाको उपचार गराएर रुकुम फर्कदै थिईन गाउँपालिका उपाध्यक्ष बुढा

  • भदौ २८, २०८१

बागलुङ—  रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा गत भदौ १७ गते आफु र आमा गोपिमाया बुढाको उपचारका लागि काठमाण्डौं गएकी थिईन । काठमाण्डौंमा आफु र आमाको उपचार गराईन विहिबार गृह जिल्ला रुकुम फर्कने निधो गरिन । गाउँपालिका रा१ झ २०० नम्बरको पिकअप जिप चालक प्रेमबहादुर पुनले चलाएरका थिए । उपाध्यक्ष सँग सोही गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष जसबहादुर श्रीपाली पनि रुकुमका लागि यात्रा गरे । विहिबार विहान काठमाण्डौबाट रुकुमका लागि गरेको यात्रा विच बाटोमै टुट्यो । बागलुङको गलकोट नगरपालिका—२ भुंखानीमा जिप दुर्घटना हुँदा भुपेन्द्रा सँगै उनकी ६१ बार्षिया आमा गोपिमाया र वडा अध्यक्ष जसबीरको ज्यान गयौ । जिपका चालक प्रेमबहादुर भने गम्भिर घाईते भएका छन । 

    शुक्रबार विहान मध्यपहाडी लोकमार्गको सडक भन्दा झण्डै ३०० मिटर तल खसेको अवस्थामा अवस्थामा जिप फेला परेको थियो । स्थानिय घाँस काट्न गएको बेला विहान करिब ९.३० बजे जिप दुर्घटना अवस्थामा देखेपछि गलकोट नगरपालिका—२ का वडा अध्यक्ष हिमबहादुर भण्डारी ‘हेमन्त’लाई खबर गरेका थिए । वडा अध्यक्ष भण्डारी सहित प्रहरीकोे टोली तत्काल उद्धारका लागि घटनस्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा उपाध्यक्ष भुपेन्द्रा सहित उनकी आमा र वडा अध्यक्ष सिर्पालीको मृत्यु भएको थियो भने चालक घाईते अवस्थामा भेटिएको वडा अध्यक्ष भण्डारीले बताए ।  ‘घटनास्थल पुग्दा उपाध्यक्ष र उहाँको आमा सहित अर्को एक जनाको पनि मृत्यु भएको थियो । चालक घाईते अवस्थामा थिए । वडा अध्यक्ष भण्डारीले भने,—‘भिरालो स्थानमा उद्धारका लागि पनि निकै कठिनाई भयो । मृतक उपाध्यक्षको परिचय पत्रका आधारमा सनाखत भयो आमा र वडा अध्यक्ष भने पछि मात्र खुल्यो । 
जिप रातको समयमा कतिबेला दुर्घटना भयो भन्ने एकिन नभएको भण्डारी बताउँछन । उपाध्यक्ष भण्डारीका अनुसार साँझा ८.३८ को समयमा गलकोट नगरपालिकाकै पुर्व वडा अध्यक्ष विरजंग भण्डारी सँग सम्पर्क भएको र त्यो बेला तनहुँको दमौली आएको खबर प्राप्त भएको थियो । तर गलकोट आउँदा समय कतिबेला भएको भन्ने एकिन नभएको भण्डारी बताउँछन । जिप रातिनै दुर्घटना भएको अनुमान गरिएको छ । 
मृतक उपाध्यक्ष सहित तिनै जनाको शव पोष्टमार्टमका लागि गलकोट नगर अस्पतालमा लगिएको  छ । शुक्रबार साँझ नै पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ति सहित आफन्तहरु घटनास्थल पुगेका थिए । घटनामा गम्भीर घाइते भएका चालकको बागलुङको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
उपाध्यक्ष बुढा आफ्नो दाँतको उपचार र आमाको पनि स्वास्थ्य परीक्षणका लागि काठमाडौं गएकी थिइन् । बिहीबार बिहान वडा अध्यक्ष सिर्पाली पनि भेटेर सँगै फर्किँदा घटनामा परेका हुन् । लामो यात्रा र रातभर गाडी चलाउँदा चालक थकित भएको प्रारम्भिक अनुसन्धानले देखिएको बागलुङका प्रहरी निरिक्षक प्रताप पौडेल बताउँछन । 
गाउँपालिका अध्यक्ष घर्तिका अनुसार उपाध्यक्ष आफ्नो दाँतको र  आमाको उपचार पछि घर फकिँदै थिईन ।  ‘उपाध्यक्षज्यू दाँत दुख्यो भनेर उपचार गर्न जानु भएको हो। उहाँले आमालाई पनि स्वास्थ्य परीक्षण गर्न सँगै लैजानु भएको रहेछ,’ अध्यक्ष घर्तीले भने।  वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा भदौ १९ गते काठमाडौं गएका थिए । वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए । तर वडा नम्बर २ का अध्यक्ष श्रीपाली भने उपाध्यक्ष बुढासँगै जिपमा फर्कदै थिए ।
उपचार गराएर घर फर्कदै गरेका उपाध्यक्ष, उनकी आमा र वडा नम्बर २ का अध्यक्षको मृत्युको खबरले आफूहरू मर्माहत भएको अध्यक्ष घर्तीले बताए । ‘हामी घटनास्थल पुगेका छौैं, कल्पनाबाहिरको दुर्घटना भयो,’ उनले भने, ‘गाउँपालिकाले दुई जना प्रतिनिधि र परिवारका सदस्य गुमाएको छ।’ पछिल्लो समय बागलुङ हुँदै काठमाडौं जान थालेपछि एकैदिनमा यात्रा गर्ने गरी रुकुम र जाजरकोटसम्मका सवारीसाधनहरु मध्यपहाडीमा गुड्ने गरेका छन् । 
उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए।  उपाध्यक्ष  बुढा नेकपा माओबादीको जनबर्गिय संगठन वाईसिएलको केन्द्रीय सदस्य हुन भने वडा अध्यक्ष श्रीपाली माओबादी केन्द्रको गाउँपालिकाको कमिटिमा बसेर सक्रिय राजनिति गरेका थिए । 
 

प्रतिक्रिया