• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

जिसस बागलुङमा काँग्रेसको बहुमत छ, तर पुर्वसहमती कार्यान्वयनको पक्षमा

  • जेठ १६, २०७९

बागलुङ -  गत बैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगै जिल्लाका सवै स्थानिय तहमा नतिजा पनि सार्वजनिक भै सकेको छ ।

नजिता सार्वजनिक भए सँगै यतिबेला कार्यपालिका सदस्यका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भै सकेको छ । जिल्लाका दश स्थानिय तहमा बागलुङ नगरपालिका बाहेक अन्य सवै स्थानिय तहमा कार्यपालिकाको निर्वाचनको मिति पनि तय भै सकेको छ ।

कार्यपालिकामा निर्वाचन सकिए सँगै जिल्ला समन्वय समितिको नेतृत्व चयनका लागि निर्वाचन हुने छ । समन्वयका लागि जिल्लामा नेपाली काँग्रेसको बहुमत पुगेको छ  । काँग्रेसको बहुमत पुगे पनि स्थानिय तहमा सत्ता गठबन्धनका दल एक भएका थिए । समन्वयको नेतृत्वका लागि गठबन्धनका दल र नेकपा एमाले विच चुनावी प्रतिस्पर्धा हुनेछ । जसमा सत्ता गठबन्धनकै बचश्च रहेको छ । जिल्लाका १० स्थानिय तह मध्ये नेकपा एमालेले जम्मा एक स्थानमा मात्र नगरप्रमुख जितेको छ भने अन्य स्थानिय तहमा काँग्रेस राजमो माओबादीकै प्रमुख उपप्रमुख रहेका छन ।
    दश स्थानिय तहका प्रमुख उपप्रमुख मतदाता रहेको बागलुङमा समन्वयको नेतृत्व भने गठबन्धनका दल भित्र राष्ट्रिय जनमोर्चाले लिने पक्का भएको छ । गठबन्धन भित्रको पुर्व सहमती अनुसार समन्वयमा प्रमुखमा राजमो र उपप्रमुखमा नेकपा एकिकृत समाजबादीलाई दिने सहमती भएको छ । अन्य सदस्य भने काँग्रेस र माओबादीका रहने छन । समन्वय प्रमुखका लागि नेपाली काँग्रेसको बहुमत नै पुग्ने भए पनि काँग्रेस पुर्व सहमतीलाई कार्यान्वयन गर्ने पक्षमा रहेको छ ।

 
काँग्रेसले बागलुङ नगरपालिका प्रमुख, गलकोट नगरपालिका प्रमुख, जैमिनी नगरपालिका उपप्रमुख, ढोरपाटन नगरपालिका उपप्रमुख, निसीखोला गाउँपालिका अध्यक्ष, काठेखोला गाउँपालिका अध्यक्ष, बडिगाड गाउँपालिका अध्यक्ष, तमानखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, बरेङ गाउँपालिका उपाध्यक्ष, र ताराखोला गाउँपालिका उपाध्यक्ष गरी ११ वटा प्रमुख उपप्रमुख जितेको छ ।

२० मध्ये ११ जित्दै गर्दा पनि काँग्रेस पुर्व सहमती भन्दा बाहिर नजाने लगभग निश्चित भएको छ । जिल्लामा राजमोका २ प्रमुख र २ उपप्रमुख, नेकपा माओबादी केन्द्रका १ प्रमुख ३ उपप्रमुख रहेका छन । काँग्रेसले नेकपा माओबादी साथमा लिएर आगाडी बढ्ने हो भने राजमोलाई जिल्ल पार्न पनि सक्छ तर गठबन्धनमा पुर्व सहमती भन्दा बाहिर नजाने काँग्रेस बागलुङले जनाएको छ । ‘गठबन्धन भित्र भएको सहमतीलाई अक्षरंश कार्यान्वय गर्नेछौं काँग्रेस बागलुङका सभापति जित शेरचनले भने,–‘गठबन्धनको यात्रा लामो छ । हामी पुर्व सहमती अनुसार नै अगाडी बढ्ने छौं समन्वयको प्रमुख राजमोलाई हो उपप्रमुख नेकपा एसलाई अन्य सदस्य हामी बाँडेर लिनेछौं ।’ समन्वयमा गठबन्धनका दलहरुकै निश्चित भएका कारण पालिका वाँडफाडकै क्रममा प्रमुख उपप्रमुख सहित सदस्य पनि बाँडफाड गरिएको शेरचनले बताए । उम्मेदवार को बन्ने र कसलाई बनाउने भन्ने विषयमा सम्बन्धीत दलले निर्णय गर्ने उनको भनाई छ ।  
जिल्ला समन्वय प्रमुखका लागि राष्ट्रिय जनमोर्चाले आफ्नो उम्मेदवार टुंगो लगाएको छ । जनमोर्चाका जिल्ला अध्यक्ष अमर बहादुर थापालाई समन्वय प्रमुख बनाउने निर्णय भै सकेको राजमोका जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिए ।  थापालाई जिल्ला समन्वय प्रमुख बनाउनकै निम्ती राजमोले काठेखोला गाउँपालिका–४ मा वडा सदस्य बनाएको थियो । नेकपा एकिकृत समाजबादीको भागमा परेको समन्वय उपप्रमुख जैमिनी नगरपालिका–२ का वडा सदस्य होमनाथ सापकोटालाई बनाउने चर्चा चलेको छ । सापकोटा केही समय नेकपा एमालेबाट पुन नेकपा एसमा गएर वडा सदस्यको उम्मेदवार भएका थिए । उनलाई नेकपा एसले जिल्ला समन्वय उपप्रमुखमा अगाडी सार्ने चर्चा चलेको छ । ‘हामीले हाल सम्म कसलाई उपप्रमुख बनाउने भनेर निर्णय गरिसकेका छैनौ । नेकपा एसका जिल्ला अध्यक्ष लालबहादुर थापाले भने हाम्रो सम्भावना होमनाथ नै हो उहाँलाई नै निर्णय गर्नेछौं । उनले कार्यपालिका सदस्यको निर्वाचनमा केही सिनियर नेता आएमा उनिहरुलाई नै पठाउने बताए । नेकपा एमालेले भने समन्वयमा उम्मेदवार बनाउने की नबनाउने भन्ने विषयमा छलफल चलाईरहेको बताएको छ । समन्वयमा भाग लिने जम्मा एक जना सदस्य भएका कारण उम्मेदवार नै बनाउने नबनाउनेमा अझै निश्चित नरहेको नेकपा एमाले बागलुङका प्रवत्ता चन्द्र गणेश पौडेलले बताए । नेकपा एमालेबाट ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली बाहेक अन्य कुनै पनि स्थानिय तहमा निर्वाचित भएका छैनन् । 
    जिल्ला समन्वयका लागि काँग्रेसको बहुमत हुँदै गर्दा अन्य राजनितिक दललाई छाड्न नहुने काँग्रेस भित्र टिका टिप्पणी चलेको छ । तमानखोला गाउँपालिकामा गठबन्धन भन्दा बाहिर गएर उपप्रमुख पनि नेपाली काँग्रेसले नै जिते पछि समन्वयमा बहुमत पुगेको थियो । बहुमत पुग्दा पनि समन्वय छाड्नु काँग्रेसका लागि घाटा भएको काँग्रेस बागलुङका एक नेताले बताए । जिल्ला समन्वयमा काँग्रेसको बहुमत पुग्दै गर्दा पनि पुर्व सहमती भनेर अडिनु काँग्रेसकै लागि घाटा हो उनले भने पर्व सहमती भंग गरेर अगाडी बढ्नुपर्दछ । सवै ठाउँमा गठबन्धन भनेर हिँडन्पर्ने के नै छ र ।’ 
समन्वयमा गठबन्धनका दलहरु मिलेर जाँदा नेकपा एमाले सँग कुनै प्रतिस्पर्धा हुने देखिएको छैन । 

प्रतिक्रिया