चेतनशिल बाल क्लबको आयोजनामा विद्यालय स्तरीय नृत्य प्रतियोगिता

  • जेठ २५, २०८३

बागलुङ-  बागलुङ  नगरपालिका–२ मा रहेको चेतनशील बाल क्लबको आयोजनामा बालमैत्री कार्यक्रम अन्तर्गत आइतबार विद्यालय स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । 
प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष सुरज बोसेलले बालबालिकाको प्रतिभा पहिचान र उनिहरुको हौसलाका निम्ती यस्ता कार्यक्रमले थप सहयोग पुग्ने बताए । उनले हाम्रो परम्परा र संस्कृतीका बारेमा पछिल्लो समयमा नयाँपुस्तालाई कम जानकारी हुँदै गएका कारण हाम्रो संस्कृती संरक्षणका निम्ती पनि जरुरी हेको बताए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले नेपाली कला, संस्कृति र सामाजिक सन्देश बोकेका विविध नृत्य प्रस्तुत गरेका थिए ।
बालबालिकामा कला, संस्कृति तथा राष्ट्रिय भावनाको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिता “राष्ट्रप्रेम, कला, संस्कृति र एकता हाम्रो पहिचान” भन्ने नारासहित  सम्पन्न भएको थियो ।  प्रतियोगितामा बागलुङ नगरपालिका वडा नं.१, २, ३ र ४ का १५ विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा युएस एकेडेमी प्रथम, न्यु एभरेष्ट एकेडेमी द्वितीय तथा प्रिसियस एकेडेमी तृतीय भएका छन् । विजेता टोलीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। साथै सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बागलुङ नगरपालिका–४ का  वडा अध्यक्ष कुमार विक्रम क्षेत्री, कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्का, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’, बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त शर्मा, बानपा २ का वडा सचिव हिमाल शर्मा लगायतले बालबालिकाको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताएका थिए।
चेतनशील बाल क्लबका अध्यक्ष चिराग रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बालमन्दिर आधारभुत विद्यालयका शिक्षक नवीन शर्मा चोलागाईं र क्लबकी सदस्य दिव्यानी अधिकारीले गरेकी थिइन् । 

प्रतिक्रिया