दिपक गौतम, क्यानडा- अन्तरराष्ट्रिय बाग्लुङ्ग समाज , बाग्लुङ्ग समाज अमेरिका र बाग्लुङ्ग समाज अमेरिकाको नर्थ क्यारोलिना च्याप्टरले संयुक्त रुपमा गर्न गइरहेको नर्थ अमेरिका स्तरिय क्षेत्रिय भेला २०२६ र नयाँ नेपाली बर्ष तथा चैतेदशै कार्यक्रम आगामी अप्रिल ४ र ५ मा अमेरिकाको नर्थ क्यारोलिनामा सम्पन्न हुने भएको छ ।
अन्तरराष्ट्रिय बाग्लुङ्ग समाजको गत सेप्टेम्वरमा सम्पन्न कार्यसमिति वैठकले विभिन्न क्षेत्रमा क्षेत्रिय भेला गर्ने निर्णय गरेको थियो । त्यस्तै बाग्लुङ्ग समाज अमेरिकाको यहि फेबु्रअरि २१ मा बसेको वैठकले अमेरिकामको नर्थ क्यारोलिनामा क्षेत्रिय भेला र कार्यसमितिको भौतिक वैठक गर्ने निर्णय गरेको छ ।
भेलाको लागी अमेरिका क्षेत्रबाट अन्तरराष्ट्रिय बाग्लुङ्ग समाजमा उपाध्यक्ष रहनुभएका कुल शर्माको संयोजकत्वमा नर्थ अमेरिका क्षेत्रबाट अन्तराष्ट्रिय बाग्लुङ्ग समाजमा सल्लाहकार तथा अन्य सदस्य रहने गरि एक समिति गठन गरिएको छ । समितिको सदस्य सचिवमा अमेरिका क्षेत्रका क्षेत्रिय संयोजक मिन खड्का रहेका छन । त्यस्तै सदस्यहरुमा अन्तरराष्ट्रिय बाग्लुङ्ग समाजका पुर्व संरक्षक एवं सल्लाहकार दुर्गा अधिकारी (क्यानडा) सल्लहकारहरु भुमिश्वर सापकोटा (अमेरिका) भवि न्यौपाने (क्यानडा) डा गंगाधर आचार्य (अमेरिका) अनुसुया श्रेष्ठ (अमेरिका) विपिन श्रेष्ठ(अमेरिका) देविका केसि(क्यानडा) लगायतका रहेका छन । त्यस्तै कार्यक्रम सफल पार्न आयोजक समितिमा एटलाण्टाबाट समाजसेवी भविन्द्र बस्नेत, बाग्लुड समाज बाल्टिमोरका निवर्तमान अध्यक्ष निर थापा, नर्थ क्यालिफोर्निया क्षेत्रबाट एकदेब शर्मा नेब्रास्काबाट कृष्ण कंडेल, ब्राम्टन क्यानडाबाट गिरी बुढाथोकि र नर्थक्यारोलिना च्याप्टरका अध्यक्ष राम थापा र क्यानडाको क्यालगारीबाट रामेश्वर सापकोटा रहेका छन । आवस्यकता अनुसार अन्य सदस्यहरु थप गर्दै जाने संयोजक कुल शर्माले जानकारी दिए । कार्यक्रम अनुसार अप्रिल ४ मा अन्तरराष्ट्रिय बाग्लुङ्ग समाजको पहिलो अमेरिका स्तरिय क्षेत्रिय भेला सम्पन्न गरिने छ भने सांझ पन्चेबाजा तथा स्थानिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने छ । कार्यक्रम अमेरिका क्यानडाका बाग्लुंग समाजहरु संगको सहकार्यमा सम्पन्न गरिनेपनि संयोजक शर्माले जानकारी दिनुभयो ।
अप्रिल ५ तारेख आइतबारका दिन बाग्लुङ्ग समाज अमेरिकाले भौतिक वैठकको आयोजना गरेको बाग्लुंग समाज अमेरिकाका अध्यक्ष गौरिश्वर शर्माले बताए । सोहि दिन नर्थ क्यारोलिना च्याप्टरको आयोजनामा नेपाली नयाँबर्ष तथा चैतेदशैको उपलक्षमा पन्चेबाजा सहित बनभोज र अन्य आकर्षक कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।